http://www.ekantipur.com/saptahik/2072/4/1/full-story/17380.html#.VaiK2UFG_eU.facebook
Issue:19-61 | २०७२ श्रावण ८ | Jul 24, 2015 मा प्रकाशित

प्रभाकर गौतम
सङ्गीत र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध छ । संगीत प्रकृतिमै छ, कलाकारले त्यसको अनुकरण गरेका मात्र हुन् । कलकल बग्ने खोलाको पानी होस् वा आकाशबाट बर्सने थोपा, पानी आपैंmभित्र संगीत छ । यसभित्र संगीतको सातै सुर र साहित्यको नवै रस पनि छ । यो कहिले छिटाउँछ त कहिले बर्सिन्छ, घरी सिमसिम गर्दै झर्छ त घरी झमझमे भाकामा दर्किन्छ । विचित्र छ पानी । संसारभरका कलाकारले यस्तो विचित्र पानीका फरक–फरक चित्र कोरिएका गीत–संगीत सिर्जना गरेका छन् । खोज्दै जाने हो भने हरेक मौसमका गीत हामी सुन्न पाउँछौँ । साउन–भदौ महिना पानीमय समय हो । पानीको प्रकृति हेरेर हामी कहिले रमाउँछौं त कहिले उदास हुन्छौं । वर्षा यही पानीले नै हामीलाई बचाउँछ र बगाउँछ पनि । हाम्रा लागि यो राहत र आहत दुवै हो ।
लन्डनबाट प्रकाशित हुने वेदर जर्नलमा हालै प्रकाशित अनुसन्धानमूलक लेखअनुसार मौसमबाट प्रेरित भै सिर्जना गरिएका गीत–संगीत निकै लोकप्रिय हुन्छन् । रुचाइएका ती गीत–संगीतमा बब डिलन, जोन लेनन, पल म्याक कार्टिनीका सिर्जनाहरू अगाडि छन् ।
हामीकहाँ वर्षा मौसम सुरु भैसकेको छ । वर्षात्को समयमा मौसमअनुकूल संगीतको सान्दर्भिकता हुने नै भयो । अहिले नेपाली मिडियामा पनि वर्षा वा झरीको विषयलाई केन्द्रीय वा सहायक विषय बनाई तयार पारिएका अनेकौं गीत घन्किरहेका छन् । नेपाली सङ्गीतमा पनि कतिपय राम्रा गीत–संगीत जन्मनुको भावभूमि मौसमले तयार पारेको पाइन्छ । आधुनिक/सुगम सङ्गीत, लोक, पप आदि सबै विधामा झरी वा वर्षा श्रोतासँग संवाद गर्ने माध्यम बन्दै आएको छ । नेपाली चलचित्रका गीतमा पनि यसको व्यापक प्रयोग भएको छ । नेपाली सर्जकहरूले पनि पानी वा वर्षालाई केन्द्रमा राखेर वा सहायक विषय बनाई अनेक शब्द कोरेका छन्, धुन भरेका छन् र तिनलाई स्वरमा सजाएका छन् । यी सिर्जनाले निजी भावनात्मक अनुभूतिदेखि रोपाइँजस्ता सामूहिक कामसम्मलाई समेटेका कारण यस्ता गीत लोकप्रिय छन् । सामयिक यी गीतले रोपाइँका बेला कामले गलित किसानहरूको तन र मनको थकान पखेल्दै आएको छ, ठिटाठिटीको मनमा प्रेमको बीउ रोप्ने माध्यम बन्दै आएको छ । संगीतले प्रेममा मनमात्र रुझेकाहरूको तन पनि रुझाउँदै आएको छ ।
मौसमको सन्दर्भ जोडेर रचिएका यस्ता गीत मौसमी कुरामा मात्र सीमित छैनन् । जसरी पानीको बर्साइमा विविधता छ, यससम्बन्धी गीतमा पनि उत्तिकै विविधता पाइन्छ । यस्ता गीतले हाम्रो जनजीवन, मायाप्रेम, सुखदु:ख, रोमान्स र विरह सबैजसो भावलाई समेटेका छन् । बहुचर्चित लोकगीत सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा होस्, चाहे पानी पर्यो असिना झर्यो हाम्रो जनजिब्रोमा झुन्डिएका गीत हुन् । असारै महिनामा पानी पर्यो रुझाउनेदेखि झरी परेको दिन आकाश हेरिरहेँ गीतहरू पनि उसैगरी लोकप्रिय छन् । मिर्मिरे साँझमा सिमसिमे पानी, पानीको रिमझिम वर्षात्को बेलाजस्तो गीत होस् वा साउने झरीमा त्यो गाउँको गोरेटो जस्तो, वर्षा वा झरीको प्रसङ्गले गीतलाई सुन्दर बनाएको छ । वर्षा अर्थात् पानी बिम्ब बनेर आउँदा पानी पानी भयो मेरो मन पनि श्रृङ्गारिक छ । धेरै गीतमा असार/साउनको पानी पर्ने मौसम आफ्नो मायालुको सम्झनाको प्रतीकका रूपमा पनि आएको छ । जस्तै, झझल्को लिएर आएछ सावन फेरि आँखामा । फेरि, झरी विरह बनेर पनि आएको छ, झरी परेको दिन आकाश हेरिरहेँ, तिमी आउने दिन भनी कति पर्खिएँ र झरी परिरह्यो मनमा थामिएन आँसुजस्ता गीतमा । यस्ता गीतको सूची निकै लामो छ ।
रोमान्स–यौन, आँसु–हर्ष, उदासी–उमंगजस्ता विषयलाई पानी वा वर्षाका माध्यमबाट प्रतीकात्मक र विम्बात्मक रूपमा प्रस्तुत गरिएकाले यस्ता गीतले फरक फरक मुडलाई समातेका छन् ।
पुरानामा मास्टर रत्नदास, फत्तेमान, नारायणगोपालदेखि नयाँमा सुनिल गिरी र विराट कडरियासम्मले वर्षायामलाई संगीतको विषय बनाएका छन् । रत्नदासको झमझम पानी पर्यो असारको रात दशकौंपछि पनि धेरैको ओठमा झुन्डियो । एकल गायन होस् वा सामुहिक गायन वर्षा र झरीका गीतहरू लोकप्रिय छन् ।
पानी कहिले गड्केर–झर्केर दर्कने पानी हेभी मेटल संगीत जस्तै हुन्छ । भिजूँ–भिजूँझैं लाग्ने वर्षा र नाचूँ–नाचूँझै लाग्ने संगीत उस्तै हुन् । मधुर आवाजमा पर्ने झरी र शास्त्रीय संगीतमा भेटिने माधुर्यमा पनि तादाम्यता हुँदो हो । जसरी सांगीतिक आलापले विरही भाव जगाउँछ, झरीले पनि घरी घरी विरही धुन गाउँछ । वर्षा वा झरीले तन–मनको थकान मेटेजस्तै संगीत श्रवणले पनि अदृश्य रुपमा यस्तै काम गर्छ । वर्षा र संगीतबीचको यस्तो अन्तरसम्बन्धकै कारण झरीको तीव्रता र मन्दताले सर्जकको मुडलाई पनि नौलो प्रयोग गर्ने उर्जा प्रदान गरिरहेको पाइन्छ । वर्षा वा झरी सुख–दु:ख बनेर हाम्रो भावनामा मिसिएको छ । संगीतले हाम्रा यिनै भावनाका तन्तुहरूलाई झङ्कृत गर्छ ।
वर्षा आनन्दमात्र होइन, व्यक्ति र सिंगो समाजकै लागि चुनौती पनि बनिदिन्छ । यसले घरबार डुबाइदिन्छ, बस्ती बगाइदिन्छ । त्यसैले यो त्रासदीको विम्ब पनि हो । नेपाली संगीतमा यस्तै त्रासदीका कारण मनै चिर्ने सिर्जनाहरू जन्मिएका छन् । विप्लप प्रतीकको शब्द र दीप श्रेष्ठको आवाजको हर रात सपनीमा ऐठन हुन्छ गीतमा यो विम्ब सशक्त रूपमा आएको छ । कोसीले बाढीले हजारौंलाई विस्थापित गराएको विषयमा युवा पुस्ताका सर्जकहरूले निकै मार्मिक गीत बनाएका छन् । संगीत श्रोता र अन्जान बाबुको चरी लैजा समाचार र नाइट ब्यान्डको बासै बगायो त्यसकै अब्बल उदाहरण हुन् ।

No comments:
Post a Comment