Friday, January 4, 2013

सञ्चारमाध्यममा गीत छनोटको अस्वस्थ प्रतिस्पर्धा

एफएम र रेडियो धेरैका लागि गीतसंगीत सुन्ने प्रमुख साधन हो आधुनिक संगीतको विकास विस्तारमा रेडियो नेपालले पप तथा अत्याधुनिक संगीतको विकासमा एफएमले खेलेको भूमिका सराहनीय नेपालमा हाल तीन सय पचासको हाराहारीमा एफएम खुलेकामा काठमाडौं उपत्यकामा मात्र यसको संख्या तीन दर्जन पुगिसक्यो सबैजसो एफएममा नेपाली गीतसंगीतले ठूलो हिस्सा ओगटेको यसले ठूलो समूहलाई मनोरञ्जन प्रदान गर्दै नेपाली कला तथा संगीत क्षेत्रकै प्रवद्र्धनमा पनि सघाएको रेडियोमा गीत आफैं बज्दैन, बजाउने मान्छे चाहिन्छ आधुनिक, पप, लोक, शास्त्रीय आदि सबै विधाका सिर्जनालाई श्रोतासम्म पुर्याउने काममा रेडियो कार्यक्रम प्रस्तोताको निर्णायक भूमिका हुन्छ कुन कार्यक्रममा कुन गीत बजाउने भन्ने छनोट प्रायस् प्रस्तोताले नै गर्छन् उनीहरूले एकातर्फ कलाकारका सिर्जनालाई श्रोतामाझ पुर्याउँछन् अर्कोतर्फ तिनको प्रचारप्रसार पनि गरिरहेका हुन्छन् तर, गीत छनोट गर्ने सबै प्रस्तोतासांगीतिक चेतभएका हुन्छन् भन्ने छैन
कुनै पनि गीतको चर्चाका पछाडि एफएमररेडियो कार्यक्रम सञ्चालकको प्रत्यक्षपरोक्ष हात रहेको हुन्छ एफएफमा छिट्टै लोकप्रिय हुने गीतले नै बढी स्थान पाउँछ धेरै गीत एफएममा प्रसारण हुँदैनन् म्युजिक भिडियो नबनेका गीतहरू प्रसारण हुने सम्भावना झिनो यसले सम्बन्धित कलाकारको बजार विस्तारमा सहयोग गर्ला तर एउटै गीत दोहोरिइरहने धेरै गीतले ठाउँ नपाउने अवस्था गीत छनोट प्रसारणमा देखिएको यो समस्या जटिलताका कारण थुप्रै राम्रा सिर्जना तिनका कलाकार ओझेलमा परेका छन् प्रसारणको अवसर पाएका गीतहरूबाट पनि सबै कलाकारले फाइदा उठाउन सक्ने वातावरण छैन हामीले सुन्ने गीतहरूमा गायक, संगीतकार, गीतकारलगायत वाद्यवादन संयोजकहरूको सामूहिक भूमिका हुन्छ

सबै पक्षको विशेष योगदानविना राम्रो स्तरीय गीत सिर्जना हुनै सक्दैन विडम्बना, गायकबाहेक अन्य कलाकार प्रायस् ओझेलमा पर्छन् कुनै गायक एउटै गीतबाट पनि रातारात लोकप्रिय हुन सक्छ तर संगीतकार गीतकारलाई आफ्नो पहिचान बनाउन लामो समय लाग्छ अझ संगीत संयोजक तथा अन्य वाद्यवादक विरलै चिनिन्छन् त्यसैले सार्वजनिक पहिचान बनाउन गायकको तुलनामा संगीतकार, गीतकार तथा अन्य कलाकारलाई मिडियाको विशेष साथ चाहिन्छ तर हालसम्म एफएफमा गीत प्रसारण हुँदाफलानो गायकको गीतभनेर गीतकार संगीतकारको नामै नभन्ने प्रवृत्ति हाबी मेरा अधिकांश गीत बज्दा गीतकारका रूपमा मेरो नाम उल्लेख नहुने भएकाले साथीहरूले मेरो गीत सुनेका छन् तर त्यसको गीतकार हुँ भन्ने धेरैलाई थाहा छैनरमण घिमिरेको भोगाइ हो यो यहाँनेर, एउटा गीत तयार पार्दा धेरै जनाको मिहिनेत सीप परेको हुन्छ भन्ने आधारभूत कुरालाई बेवास्ता गरेको पाइन्छ

कतिपय कार्यक्रम सञ्चालकहरू स्वयं गीत लेख्छन् पनि आफूले सञ्चालन गर्ने कार्यक्रममा गीतकारको नाम उल्लेख गर्दैनन् यसमा एफएम सञ्चालकहरूको नीति प्रस्तोताहरूको हेलचेक्रयाइँ दुवै समस्या बनेको एफएममा, कुनै गीतमा संलग्न सम्पूर्ण कलाकारको नाम भन्न पक्कै सम्भव नहोला यद्यपि प्रत्येक गीत बज्नु अघि वा बजिसकेपछि कम्तिमा गायक, संगीतकार गीतकारको नाम उच्चारण गर्ने हो भने थुप्रै स्रष्टाप्रति न्याय हुने थियो पाइरेसी कपी गर्न मिल्ने प्रविधिको विकासले पनि स्रष्टाहरू थप मारमा परेका छन् अहिलेको संगीत बजारमा गीत बिक्रीमा मन्दी छाएको केही समयअघिसम्म राहत पुर्याएको कल रिङ ब्याक टोन (सिआरबिटी)को बजारसमेत घटेर अहिले कलाकारको आयस्रोत स्टेज कार्यक्रममा सीमित भएको
शास्त्रीय संगीतमा लागेका केही व्यक्ति तथा समूहको माग भए पनि स्टेज कार्यक्रममा गीतकारले स्थान पाउने कुरा भएन यसबाट फाइदा उठाउने भनेको गायकले मात्रै हो गायकले स्टेजमा गाउने गीतहरूबाट गीतकार संगीतकारलाई प्रत्यक्ष लाभ हुँदैन संगीत बजार उँभो लागे पनि, उँधो लागे पनि गीतकारका लागि आर्थिक रूपमा अवसर थोरै अहिले चलेकोप्याकेज डिलिङले चलेका संगीतकारलाई दाम कमाउने ढोकासमेत खुलेको तर, संगीतकारले पनि गायकले भैँm एउटै गीतबाट पटकपटक आम्दानी गर्न सक्दैनन् त्यसो , गायककै हकमा पनि चर्चा कमाउन सफल केही सीमित गायकले मात्र हो अर्थ आर्जन गर्ने पछिल्लो समयमा गीतकार तथा संगीतकारले पनि लगानी गरेर एकल एल्बम निकाल्ने क्रम बढेको

धेरै गीतकारमा आर्थिक मुनाफाको अपेक्षाभन्दा परिचय आत्मसन्तुष्टि प्राथमिकतामा पर्छ तर अहिलेको संगीत प्रसारणको अभ्यासले हेर्दा यही मौकाबाट सर्जकहरू वञ्चित भइरहेका छन् सीमित एफएमले उपलब्ध गराउने सलामी ९रोयल्टी० ले निकट भविष्यमै स्रष्टाहरूलाई आर्थिक टेवा पुर्याउने अपेक्षा राख्ने ठाउँ छैन उदाहरणका लागि अहिले कान्तिपुर एफएमले प्रत्येक गीतबापत १० रुपियाँँ (गायक, संगीतकार गीतकारलाई करिब तीन रुपियाँ ३३ पैसा) सलामी दिने गरेको गीत बजाउँदा नाम छुटाइए पनि क्युसिटमै भए पनि कान्तिपुर एफएममा कुन स्रष्टाको गीत कति पटक बज्यो भन्ने रेकर्ड मेन्टेन गर्नुपर्ने बाध्यता सहजताका लागि दामासाहीमै सही, यो अभ्यासले एउटा सांगीतिक उत्पादनमा सबै सर्जकको समान योगदान देख्ने प्रवृत्ति बसाउने काम गरेको तर, प्रविधिको सहज उपलब्धताका कारण धेरै एफएममा क्यासेट तथा सिडी किनेरभन्दा पनि इन्टरनेट तथा पेनड्राइभबाट गीत संकलन गरेर प्रसारण गर्ने अभ्यास व्यापक आखिर सबैलाई थाहा , संगीत नभएको भए धेरै एफएमको जीवनलीला समाप्त भइसक्थ्यो संगीत बजाएकै भरमा समय व्यवस्थापन गर्न पनि मिल्ने, अन्य कार्यक्रम थोरै भए पनि हुने एफएमहरूको अस्तित्व पनि रहिरहने भएपछि सांगीतिक सर्जकहरूमाथि यति धेरै उपेक्षा किन ?
                                                                                                प्रभाकर गौतम

No comments:

Post a Comment