Friday, May 3, 2013

नेपाली सङ्गीतको एक शतक



पुस्तक : नेपाली सङ्गीतको एक शतक
लेखक :  प्रकाश सायमी
प्रकाशक : भावक अभियान
पृष्ठ १७६
प्रकाशन मिति : २०६६




यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्

उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन्...

Uffos÷;ª\uLtsf/ ;]t'/fd >]i7n] ufPsf] df]tL/fd e§sf] uhn z}nLsf] of] uLtaf6 g]kfnL ;ª\uLtsf] /]sl8{ª k/Dk/f z'? ePsf] xf] . lj=;= !(^% ;fndf ef/tsf] snsQfdf …u|fdf]kmf]g sDkgL ckm OlG8ofÚ df /]s8{a4 of] uLt;Fu} cf/De ePsf] g]kfnL -;'ud÷cfw'lgs_ ;ª\uLtn] @)^% ;fndf ;o jif{ k"/f u¥of] . snf;flxTosf cg';Gwftf k|sfz cg';Gwftf k|sfz ;fodLsf] …g]kfnL ;ª\uLtsf] Ps ztsÚ k':tsdf ;~rf/ tyf k|ljlwsf] ljsf;, To;df ;|i6fx?sf] e"ldsf, ljb]zL k|efj tyf /fhgLlts Joj:yf kl/jt{g cflbsf cfwf/df Ps zts nfdf] g]kfnL ;ª\uLtsf] ljsf;qmdsf] rrf{ ul/Psf] 5 .
पुस्तकमा समेटिएका सामग्रीहरूलाई पूर्व प्रकाशित नयाँ गरी मुख्यतः दुई भागमा बाँडेर हेर्न सकिन्छ नयाँ लेखहरू भएको खण्डमानेपाली सङ्गीतको एक शतकशीर्षकअन्तर्गत १९ ओटा उपशीर्षकहरू रहेका छन् यस्तै, सायमीकै सङ्गीतसम्बन्धी अघिल्लो पुस्तक नेपाली सङ्गीतको स्वर्णिम युग (सायमी २०५८) का सातओटा लेख उक्त पुस्तकसम्बन्धी केही प्रतिक्रिया पनि समेटिएको उनकै अर्को पुस्तक संस्करण (सायमी २०६०) मा छापिएका दुईओटा अन्यत्र पत्रपत्रिकामा छापिएका केही लेख पनि समाविष्ट छन् पुस्तकमा प्रकाशित धेरैजसो लेखहरूले विभिन्न दशकको सङ्गीतको प्रतिनिधित्व गर्दछन् स्रोतव्य (श्रोतव्य ?) माध्यमको विकासत्यसपछिको गायनउपशीर्षकमा रेडियो नेपाल स्थापना हुनुभन्दा अघि नै गीत रेकर्ड गराउने कलाकारहरूका व्यक्तिगत विवरणदेखि साङ्गीतिक प्रवृत्तिसम्मका प्रसङ्गहरूबारे चर्चा गरिएको सायमीका अनुसार उपत्यकाका केही सम्भ्रान्त वर्ग तथा राणाहरूमा सीमित नेपाली सङ्गीतको आधारभूमि फराकिलो पार्न २००७ को आसपासमा सेतुराम, मेलवादेवी, उस्ताद साइला, मित्रसेन, मास्टर रत्नदास प्रकाशले प्रमुख भूमिका खेले साथै, यस अवधिका गीतहरू नैतिक उपदेश, स्तुतिगान, समाजसुधारजस्ता विषयमा बढी केन्द्रित थिए

पुस्तकमा२००७ पछिको राजनीतिक संस्कार’, ‘२००७ पछि उदाएका सङ्गीतका अनुसेवीहरूउपशीर्षकमा रेडियो नेपालको स्थापनाले नेपाली सङ्गीतको विकासमा पारेको प्रभाव त्यसक्रममा उदाएका कलाकारहरूबारे जानकारी समेटिएको ग्रामोफोन रेकर्ड किन्न नसकी सङ्गीतको पहुँचबाट टाढा रहेका नेपालीहरू रेडियो नेपालको स्थापनापश्चात् नेपाली सङ्गीतसँग जोडिए; नातिकाजी, बच्चु कैलाश, धर्मराज थापा, पुष्प नेपाली, कोइली देवीजस्ता गायकगायिका लोकप्रिय बने २०१७ सालसम्मको आधुनिक सङ्गीतमा हिन्दी सङ्गीतको दबदबा कायम रहेको भन्दै लेखक भन्छन्, “प्रायः कलाकारले रेडियोको प्रत्यक्ष प्रसारणमा माइक्रोफोनमा गाउँदा हिन्दीभाषी गीत नै गाउने परम्परा थियो” (पृ. १२)
बीस तीसको दशक (मुख्यतः २०१७ देखि २०३७ साल) मा नेपाली सङ्गीत फाँटमा प्रतिभाशाली सर्जक उदाउनु, प्राविधिक विकास हुनु, दार्जिलिङको गीतसङ्गीत नेपाली मूलप्रवाहमा समाहित हुनुले नेपाली सङ्गीतको आयाम व्यापक अर्थपूर्ण बनेको ठहर सायमीको लेखकले यस कालखण्डलाईस्वर्णिम युगभनेका छन् स्वर्णिम युगका गीतिघटकहरू’, ‘बीसको दशकपछिको नेपाली सङ्गीत’, ‘तीसको दशकका गीतिघटकहरूआदि उपशीर्षकहरूमा यसबारे प्रशस्त चर्चा पाइन्छ लेखकका अनुसार, बीसको दशक प्राविधिक हिसाबले उपलब्धिपूर्ण रह्यो२०१८ सालमा रत्न रेकर्डिङ ट्रष्ट (२०२४ सालमा रत्न रेकर्डिङ संस्थान) को स्थापना भयो; ७८ आरपिएमको रेकर्डको सट्टा लङ्ग प्लेइङ्ग डिस्कको प्रयोग सुरु भयो , २०२२ सालमा स्पूल रेकर्डिङ्ग (क्वार्टर इन्च टेप) नेपालमै सम्भव भएपछि प्रत्यक्ष गाउनुपर्ने स्थितिको समेत अन्त्य भयो यस्तै, जातीयता सांस्कृतिक इतिहास गाँसिएको नेपाल दार्जिलिङको भूगोलमा बन्धित छवि तथा सङ्कल्पनालाई सङ्गीतका माध्यमबाट पुनस्र्थापित गर्ने काम यही समयमा भयो यसमा अगमसिंह गिरीको शब्दमा अम्बर गुरुङले गाएकोनौ लाख तारा उदाए अम्बर हुँ तिमी धर्तीले ठूलो भूमिका खेले लेखकको भनाइमावैरागी काइलाको शब्दलाई अम्बर गुरुङले दार्जिलिङको कमानकमानमा पु¥याए भने नारायण गोपालले गोपाल योञ्जनको प्रवासीय पीडा नेपालको चुल्हो चौकामा बोकेर ल्याए” (पृ. २१) नारायण गोपाल गोपाल योञ्जनको मितेरी सङ्गीतले यसलाई अझ विस्तार ¥यो अम्बर गुरुङसँगै उनका शिष्यहरू शरण प्रधान, अरुणा लामा, कर्म योञ्जनहरू नेपाल प्रवेश गरेपछिको कालखण्डलाई नेपाली सङ्गीत उत्कर्षमा पुगेको समय मानेका छन् तथापि, राजा महेन्द्रको आग्रहमा नेपाल छिरेका अम्बर गुरुङलगायत प्रवासका स्रष्टाहरू नेपाल आउनुमा राज्यको तत्कालीन नीतिले के-कस्तो भूमिका खेलेको हुन सक्छ भन्ने जिज्ञासाको जवाफ भने पाइँदैन
सुगम सङ्गीतका हस्तीद्वय अम्बर गुरुङ गोपाल योञ्जनबीच अप्रियता बढ्नु, गोपाल योञ्जन परिवारलाई भक्तराजमाथि भौतिक आक्रमणको आरोप लगाइनु, आदिले समग्र नेपाली सङ्गीत क्षेत्रमा नकारात्मक प्रभाव पा¥यो तसर्थ लेखकले पचासको दशकलाई सङ्गीतको चुनौती तथा सङ्क्रमण काल भनेका छन् तर, यही समयमा सङ्गीत संरचना संयोजनमा ठूलो उपलब्धि प्राप्तिका कारण सङ्गीतले फड्को मारेको पनि भनिएकाले यी प्रसङ्ग एकापसमा नमिल्दा जस्ता लाग्छन् एफएम रेडियोको स्थापनासँगै स्वर परीक्षा नगरी गीत गाउन पाउने अवसरको सिर्जना भयो यसको सदुपयोग गर्दै नेपाली सङ्गीतमा विविध विधाले फस्टाउने मौका पाएको लेखक स्वीकार गर्छन् तर, सङ्ख्यात्मक फड्को सँगसँगै सङ्गीतमा अशुद्धिपन, विकृति अपरिष्कृत स्वर भित्रिएको भन्दै लेखक नयाँ पुस्ताका साङ्गीतिक सिर्जनाहरूलाई आलोचना पनि गर्छन्
म्युजिक नेपाल लगायतका क्यासेट कम्पनीहरूले पुराना सर्जकका गीतलाई संरक्षण गर्नु, नारायणगोपालका सिर्जनाहरूको संरक्षण गर्ने उद्देश्यले नारायणगोपाल सङ्गीत कोषको स्थापना हुनु, शुभारम्भ म्युजिकल जर्नी, नेपालय आदिबाट पुराना स्रष्टाका गीतसङ्गीत संरक्षणका लागि पहल हुनुले लेखकले साठीको दशकलाई कालजयी गीतसङ्गीतको संरक्षणको समय भनेका छन् तर, यसै समयमा पुराना गीत रिमिक्स भएकाले तिनको मौलिक स्वरूप नासिएको पनि भनिएको आधुनिक सङ्गीतको आधारमा मात्र निकालिएका यस्ता निष्कर्ष आपसमा बाझिएका छन्
२०१२ सालमा यज्ञप्रसाद शर्माको पहलमा नेपालमा सङ्गीत महाविद्यालय स्थापना भएको थियो २०४० सालपछि निजी स्तरमा धेरै सङ्गीत विद्यालयहरू स्थापना भएका छन् त्यस्ता विद्यालयका विद्यार्थीहरूले नै नेपाली तारा, रेडियो नेपालका गायन प्रतियोगिताजस्ता अन्य विभिन्न प्रतियोगितामा राम्रो स्थान ओगटेको देखिन्छ पुस्तकमा सङ्गीतसम्बद्ध केही संस्थाहरूको विवरण भए पनि सरकारी तथा निजी थुप्रै संस्थागत प्रयासहरू भारतमुखी नेपाली सङ्गीत शिक्षा पद्धतिको पाटोलाई छोइएको छैन
पुस्तकमा जनवादी तथा प्रगतिशील फाँटका कलाकारहरूबारे पनि चर्चा गरिएको जस्तै, ‘‘… रेडियो नेपालसँग पारिश्रमिकको शोषणमा द्वन्द्व सुरु भएपछि २०२३ सालतिरराल्फानामक साङ्गीतिक समूह गठन भयो (पृ. ३३) ’’ उनको विचारमा यो पञ्चायतकालीन रेडियो नेपालको बुर्जुवा संस्कृतिको विरोधमा सुरु भएको साङ्गीतिक अभियान थियो राल्फा समूहका एक कलाकार रामेश श्रेष्ठका अनुसार नेपालमा कम्युनिस्ट विचारधारा पैmलाउन जनवादी कलाकारहरूले उर्वर आधारभूमि निर्माण गरेका थिए (श्रेष्ठ २०६७) २०५१ सालमा नेकपा
(एमाले) को सरकार बनेपछि रेडियो नेपाल तथा नेपाल टेलिभिजनले यस्ता जनवादी गीतको प्रसारण सुरु ¥यो नेपाल टेलिभिजनबाट प्रसारितनौलो आवाजकार्यक्रम यस्तो कार्यक्रमको एक उदाहरण हो प्राविधिक तथा गायकीको हिसाबले जनवादी÷प्रगतिशील गीतहरू मायाप्रेमका गीत जति स्तरीय छैनन् जनवादी कलाकारहरू उचित लगानी प्रेरणाको कमीलाई यसको मुख्य कारण मान्छन् यद्यपि यस्ता गीतका श्रोताहरूको जमात अत्यन्त ठूलो तर पनि सञ्चार माध्यमहरूले यस्ता गीतलाई प्रसारण नगर्नुको कारणतर्पm सायमी मौन देखिन्छन्
आधुनिक, सुगम, अत्याधुनिक पपजस्ता शब्दावलीको प्रयोगमा एकरूपता छैन; तिनलाई स्पष्ट रूपमा कतै परिभाषित गरिएको पनि छैन लोक, शास्त्रीय तथा बालगीतहरूको पाटोलाई छोइएको छैन सङ्गीतसम्बन्धी थुप्रै विषयवस्तुलाई छुने प्रयास गरिए पनि सङ्गीतको इतिहासबारे विश्लेषणभन्दा विवरण बढी आएको आपूm निकटका प्रिय कलाकारहरूको सन्दर्भमा थाहा भएका सम्पूर्ण वृत्तान्त पोख्ने मोहले लेखन कतिपय ठाउँमा व्यक्तिकेन्द्रित बनेको पुस्तक अनुसन्धानमुखीभन्दा पनि भावुक शैलीको ऐतिहासिक सङ्ग्रह बनेको
पुस्तकको संरचनागत सम्पादन पक्ष कमजोर कालक्रम विभाजन शीर्षक छनोट अप्रासङ्गिक लाग्छ लेखकीयमा पुस्तकको क्षेत्र सीमाबारे पनि प्रस्ट पारिएको छैन यसअघि आफ्नै पुस्तक नेपाली सङ्गीतको स्वर्णिम युग मा प्रकाशित लेख अन्तर्वार्ताहरू पुनःप्रकाशन गर्नुको औचित्य लेखकले स्पष्ट पारेका छैनन् उनले सङ्गीतसम्बन्धी थुप्रै लेख लेखेका छन् तर, यस पुस्तकमा किन यी लेख मात्र समेटिए भन्ने उल्लेख गरिएको छैन अघिल्लो पुस्तक विमोचनसँग सम्बन्धित पत्रपत्रिकामा प्रकाशित टिप्पणीदेखि आफ्नै अन्तर्वार्तासम्म समेटिएको प्रतिक्रिया खण्डमा रहेका सामग्रीहरू जानकारीमूलक छन् तर उनको अर्को पुस्तक नेपाली सङ्गीतको स्वर्णिम युग नपढेका पाठकलाई सन्दर्भ बुझ्न गाह्रो पर्छ वास्तवमा यी सामग्रीहरू नेपाली सङ्गीतको स्वर्णिम युग पुस्तकको अर्को संस्करणका लागि बढी उपयुक्त हुन सक्थे लेखकले स्थापित गर्न खोजेकोस्वर्णिम युगका बारेमा समेटिएका लेखहरूका कारण फरकफरक शीर्षकमा उस्तै प्रसङ्गहरूको पुनरावृत्ति भएको भाषिक त्रुटिहरू धेरै छन् केही ठाउँमा गीतकै बोल पनि गल्ती छन् उदाहरणका रूपमा राजु सिंहद्वारा सङ्गीतबद्ध गीतकति राम्रो अलिअलि ढल्किएकोहुनुपर्नेमाकति राम्रो माछापुच्छ्रे अलिअलि ढल्किएकोलेखिएको (पृ. ७८)

लेखक चलचित्रकर्मी पनि भएकालेनेपाली सिनेमामयी सङ्गीतशीर्षकको लेखमा चलचित्रसङ्गीतबारे केही फरक विश्लेषण पढ्न पाइने पाठकहरूको आशालाई यसले निराश बनाउँछ प्रारम्भिक चरणमा नेपाली सङ्गीतको विकासको जग हाल्न योगदान दिएका कलाकारहरूप्रति लेखक अनुगृहीत हुनु स्वाभाविक तर, बढाइचढाइ गरिएको भाषाशैली तथ्यगत स्रोतसन्दर्भको अभावका कारण केही प्रसङ्गहरू अपुष्ट अतिशयोक्तिजस्ता लाग्छन् जस्तै, प्रथम नेपाली महिला गायिका मेलवादेवीको सन्दर्भमा उनी लेख्छन् ‘‘भारतको इलाहाबाद सङ्गीत सम्मेलनमा ठुमरी गाएरठुमरीकी रानीभन्ने पदवी पाएकी मेलवादेवीको पहिलो अल्बम त्यतिबेला पाँचहजार प्रति बिक्री भएको ऐतिहासिक प्रमाण पाइन्छ’ (पृ. ) तर, यसलाई प्रमाणित गरिएको भने छैन
आधुनिक सङ्गीतसम्बन्धी थोरै मात्र पुस्तक प्रकाशित छन् त्यसमा पनि धेरैजसो पुस्तकहरू व्यक्तिकेन्द्रित, संस्मरणात्मक तथा जीवनीपरक छन् यस हिसाबले यस पुस्तकको दायरा अलि फराकिलो गायक, सङ्गीतकार, गीतकार तथा संयोजकको भूमिकालाई महŒ दिइएको कुन स्रष्टासँग, कुन समयमा कसले काम ¥यो, कुन गीत चर्चित भयो जस्ता जानकारीहरू धेरै छन् सङ्गीतमा लागेका धेरै कलाकारहरूको चर्चा गर्ने क्रममा एउटा मात्रै गीत रेकर्ड गराउने तथा भर्खरै सङ्गीतमा लागेका कतिपय कलाकारहरूको नाम समेत समेटिएको नेपालभित्र प्रवासका थुप्रै स्रष्टाहरूको नाम, गीतको बोल, रेकर्ड भएको तिथिमितिबारेको शोधीखोजी पहुँच प्रशंसनीय आधुनिक/सुगम तथा पपसङ्गीतसँग जोडिएका थुप्रै रोचक पक्षलाई कोट्याइएको यस पुस्तकले सङ्गीतमा गहिरो अध्ययन गर्न चाहनेका लागि प्रशस्तै खुराक दिएको कलाकारहरूलाई खासै महŒ नदिने हाम्रो समाजमा ओझेलमा परेका थुप्रै सङ्गीतकर्मीहरूलाई पुस्तकले पुनःस्मरण गराउँछ नेपाली सङ्गीतबारे खासै खोजीनिती नभएको परिप्रेक्ष्यमा यो पुस्तक नेपाली सङ्गीतको विवरणात्मक इतिहास लेखनको महŒवपूर्ण प्राप्ति भने अवश्य हो



सन्दर्भसामग्री
प्रसाईनरेन्द्रराज  २०५९  नेपाली सङ्गीतका शिखर  काठमाडौँ : एकता प्रकाशन 
श्रेष्ठरामेश  २०६७  दिदी पारिजात  मूल्याङ्कन १८७ : ४८४९ 
सायमीप्रकाश  २०५८  नेपाली सङ्गीतको स्वर्णिम युग  काठमाडौँ : भावक अभियान 
सायमीप्रकाश  २०६०  संस्करण  काठमाडौँ : भावक अभियान 


 प्रभाकर गौतम /सीता भट्टराई