Sunday, May 10, 2015

गीत : तिमीसँगै मैले पनि हारेको...

तिमीसँगै मैले पनि हारेको
यो बाजीलाई के नाम दिउँ म भन
छटपटीमा थाकेको मनलाई
आराम कसरी दिउँ म भन


अँधेरीलाई उज्यालो सम्झेँ
व्यर्थै तिमीलाई दियालो सम्झेँ
हिंड्दाहिंड्दै थाकेँ यति कि
ओरालीलाई उकालो सम्झेँ
तीता मीठा भ्रममा अल्झेको
यो यात्रालाई के नाम दिउँ म भन
छटपटीमा थाकेको मनलाई
आराम कसरी दिउँ म भन


आज पनि उही हाल छ तिम्रो
जुन हालमा म बाँचिरहेछु
विश्वास छ त्यही याद साँच्दैछौँ
जुन यादलाई म साँचिरहेछु
उस्तै उस्तै व्यथामा डुबेको
यो विरानीलाई के नाम दिउँ म भन
छटपटीमा थाकेको मनलाई
आराम कसरी दिउँ म भन

No comments:

Post a Comment