Friday, January 11, 2013

पहिलो रेकर्डेड गीत

गीत सुन्दा सुन्दै खै कहिलेदेखि आफैँ कोर्ने भइयो । कोरेका शब्दहरू धुनबद्ध होलान् भन्ने सोचेको थिइनँ । अप्रत्याशितरुपमा मलाई गीतकार बनाउने यो मेरो जीवनकै पहिलो रेकर्डेड गीत हो । सायद पहिलो भएकैले मलाई धेरै अर्थमा यो गीत प्रिय लाग्छ । २०६० सालमा लेखिएको यस गीतमा सङ्गीत भर्ने श्यामसुन्दर र गायक भरत गुरुङलाई धन्यवाद ।

गीत सुन्न क्लिक गर्नुस् - Thaha Chhaina

थाहा छैन तिमी नहाँस्दा...

थाहा छैन तिमी नहाँस्दा
ह्रदय मेरो रुन्छ किन
तिम्रा हरेक कुराहरुले
मुटु मेरो छुन्छ किन

उपमा दिनै नसकिने
साइनो पनि हुँदोरैछ
मौनतामै अल्झिदिने
सम्बन्ध‘नि हुँदोरैछ
थाहा छैन तिमी नखुल्दा
ह्रदय मेरो रुन्छ किन

नाता कुनै नभए त
माया नै लाग्ने थिएन
एकोहोरो यो मुटुले
पीडा नै खेप्ने थिएन
थाहा छैन तिमीलाई नभेट्दा
ह्रदय मेरो रुन्छ किन
तिम्रा हरेक कुराहरुले
मुटु मेरो छुन्छ किन ।।



No comments:

Post a Comment