http://www.ekantipur.com/nepal/2071/9/20/full-story/7868.html नेपाल म्यागेजिनमा प्रकाशित (२०७१ पुस २०)
संगीतमय जीवन: संगीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म
प्रकाशक : दलित साहित्य तथा संस्कृति प्रतिष्ठान
सम्पादक : राजेन्द्र महर्जन र पदम सुन्दास
पृष्ठ : ३१८
मूल्य : ३५० रुपियाँ
- प्रभाकर गौतम
संगीतमय जीवन: संगीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म
प्रकाशक : दलित साहित्य तथा संस्कृति प्रतिष्ठान
सम्पादक : राजेन्द्र महर्जन र पदम सुन्दास
पृष्ठ : ३१८
मूल्य : ३५० रुपियाँ
- प्रभाकर गौतम
बिसे नगर्ची भन्नेबित्तिकै हामी सम्भवतः श्रवण मुकारुङलाई सम्झन्छौँ । तर, तिनै नगर्चीलाई भीमनिधि तिवारीले उहिल्यै आपmनो एकांकीका पात्र बनाइसकेका थिए । रामशरण दर्नालले त अझ ती पात्रबारे अनुसन्धान नै गरेका थिए ।
केही समयअघि लोचन रिजालको 'पौरखी...' बोलको गीत लोकपि्रय भयो । मौलिक नेपाली बाजा आरबाजोको प्रयोग गरिएको भन्दै मिडियामा त्यसबारे लेख्ने होडबाजी चल्यो । तर, त्यही मधुर धुन निकाल्ने आरबाजोसम्बन्धी दर्नालको कृति नै छ भन्नेबारे हामी बेखबर हुन सक्छौँ ।
नेपालको राष्ट्रगान भन्नेबित्तिकै हामी चक्रपाणि चालिसेलाई सम्झन्छौँ तर त्यसमा संगीतकार बखतवीर बूढापीर्थि थोरैका लागि मात्र परिचित नाम होला । दर्नालका यी र यस्तै अनेक तथ्यको खोजको सूची लामो छ । दलित, जनजातिलगायत सांस्कृतिक समुदायका लोपोन्मुख बाजागाजाको संरक्षण र प्रवर्द्धनमा विशेष काम गरेका दर्नालका संगीत र लोकसंस्कृतिसम्बन्धी दर्जनभन्दा बढी कृति छन् ।
तिनै दर्नालको जीवनका विविध पक्षलाई समेटेर प्रकाशित 'संगीतमय जीवन : संगीत अन्वेषक रामशरण दर्नालको जीवन र कर्म ' पल्टाउँदा यस्ता धेरै नयाँ कुरा थाहा हुन्छ । दर्नालका ७४ वर्षे जीवनका अधिकांश क्षण नेपाली संगीतसँग जोडिएका छन् । हुन पनि जातीय हिसाबले गानाबजाना उनको पुख्र्यौली पेसा थियो । उनका बूढा हजुरबुबा, हजुरबुबा र बुबा नेपाली सेनामा ब्यान्ड बजाउँथे । खुट्टाले हावा भरेर बजाउने आर्गन बाजा, तबला आदि घरमै थिए । बुबासँगै भजन गाउन थाले । सकीनसकी आर्गन बजाउन थाले । बुबाका मावली हजुरबुबा 'श्रीमान् गम्भीर नेपाली...'मा संगीत भर्ने बखतवीर बुढापीर्थिका सन्तान दार्जीलिङमा थिए । भान्दाइ पुस्कल बुढापीर्थि- जर्जी ब्याङ्क्स)सँग दार्जीलिङ पुगे । सेन्ट रोबट्र्स हाई स्कुल पुगेर मेटि्रक गरे । काका डम्बरबहादुर बुढापीर्थि -बबी ब्याङ्क्स)को सहयोगमा कोलकाता पुगी हिज मास्टर्स भ्वाइस -एचएमभी)मा समेत काम गर्ने मौका पाए । पाश्चात्य संगीतको ज्ञान उनले यही प्रवासकालीन अवधिमा बटुले ।
दर्नाल काठमाडौँ फिर्दा त्यस बेला आधुनिक गितार ल्याउने पहिलो व्यक्तिका रूपमा दरिए । एकर्डियन गितार, मेन्डोलिन, ट्रम्पेट आदि बजाउन जान्ने दर्नालको प्रतिभाको छनक धेरैले पाइसकेका थिए । उनको माग स्वतः बढ्ने नै भयो । स्वर लिपिकारका रूपमा ब्रेक नै 'गाउँछ गीत नेपाली...'बाट पाए । प्रेमध्वज प्रधानका गितार गुरुसमेत बने ।
रेडियो नेपाल हुँदै प्रज्ञाप्रतिष्ठान छिरेका दर्नाल झन्डै ५० वर्ष त्यहीँ रहेर कला, लोकसंस्कृति र संगीतलगायत साहित्यिक गतिविधिमा सक्रिय रहे । ०२५ सालको दसैँछेक टीका लगाउन ससुराली गएका बेला अविरल वषर्ाले उनको पुरानो घर भत्कियो । घरमा संकलित पुराना र दुर्लभ सयौँथरी बाजा वषर्ाले लग्यो । वषर्ाले बाजासँगै लग्यो उनकी आमालाई पनि । उनलाई ती बाजासँगै लोक तथा संगीत-संस्कृति पनि मरेर गएको भान भयो । त्यही पीडाले उमार्यो, लोपोन्मुख बाजागाजा र कला संस्कृतिको संकलन, संरक्षण र प्रवर्द्धन गर्ने दृढ लालसा । यो घटनाले उनले स्थापना गरेको नेपालकै पुरानो वाद्य समूह (अर्केस्ट्रा) पनि शिथिल भयो । ०१६ सालमा बनेको त्यस अर्केस्ट्रामा भगतसिंह बागदास, मनश्याम बैजु आदि वाद्यवादक थिए ।
अहिलेसम्म वस्तुगत वा विषयगत खोजभन्दा व्यक्तिकेन्दि्रत अध्ययनको परिपाटी रहेको संगीत विधामा अनुसन्धानको काम गर्नु दुस्साहस नै थियो । यस काममा उनी यति लीन भए कि आफ्नै खर्चमा संगीतसम्बन्धी पुस्तक प्रकाशित गर्दै गए । पहिलेका आधुनिक बाजा बजाउने दर्नाल कालान्तरमा गम्भीर अनुसन्धाता भए । उनका सिर्जनात्मक धुन समयसँगै शब्दमा बदलिए । ती शब्द नेपाली बाजागाजा र लोकसंस्कृति बुझाउने अमूल्य माध्यम बनेका छन् । त्यही विज्ञताकै कारण उनी थुप्रै विदेशी अनुसन्धाताका सहयोगी र गुरुसमेत बने ।
बाजासम्बन्धी सबैभन्दा बढी खोज गर्ने दर्नालको मान्यता थियो, 'बाजा झुन्ड्याएर मात्र हुन्न, तिनका इतिहास, विशेषता सबै प्रस्ट्याइदिनुपर्छ ।' दर्नालले नेपाली बाजा पुस्तक तयार पार्नुको उद्देश्य यही थियो ।
त्यसो त पुस्तकको शीर्षकमा लेखिएजस्तो दर्नालको जीवन 'संगीतमय' अर्थात् रोमान्टिक भने लाग्दैन । ०२८ सालमा केदारमान व्यथित कुलपति रहेका बेला उनलाई आकस्मिक अवकाश दिइयो । छूतअछूतको अवहेलनाको सामना गर्दै भए पनि गाउँगाउँ डुलेर बाजा बटुलेर, कहिले अरू मार्फत मगाएर उनले प्रज्ञा प्रतिष्ठानको बाजा संग्रहालयलाई धनी बनाएका थिए । तर, ती लोपोन्मुख बाजालाई प्रतिष्ठानले कथित तल्लो जातको संस्कारजन्य सामग्री मान्यो, राज्यको सम्पत्ति ठानेन ।
रोगले थला परी जीवनका अन्तिम पलाको गिन्ती गर्दै बसेका बेला पनि उनलाई हेर्न-भेट्न आउने कमै भए । दर्नाल परिवारको इच्छा अनुसार उनको शव प्रतिष्ठानमा राखिएन । जुन संस्थामा जीवनको महत्त्वपूर्ण समय र ऊर्जा खर्चे, त्यही संस्थामा उनी जीवित हुँदा र पछि पनि उपेक्षित बन्न पुगे ।
पुस्तकमा दर्नालको सांगीतिक र प्राज्ञिक योगदानका बारेमा थुप्रै जानकारी समेटिएका छन् । यसरी संकलित सामग्रीमा जन्म, मृत्यु, माता, पिता, शिक्षा आदि कुरा दोहोरिरहँदा पाठकलाई झिँजो लाग्न सक्छ । यसका आधारमा दर्नालको सिलसिलाबद्ध जीवनी लेख्न सकियो भने अझ राम्रो हुन्थ्यो । पुस्तकमा दर्नालबारे केही कुरा भने छुटेका छन् । दर्नालले स्वरलिपिकार बनाएका गीतको सूची र प्रकाशित पुस्तकका बारेमा परिचय नपुगेको भान हुन्छ ।
विभिन्न आठ खण्ड रहेको पुस्तकमा अंग्रेजी भाषाका चारवटा लेख पनि छन् । आफन्तजन र साथीहरूका सामग्रीले उनको व्यक्तिगत जीवनका विभिन्न आयामलाई उजागर गरेका छन् । अन्तर्वार्ता, दर्नाल स्वयंले लेखेको संक्षिप्त आत्मवृत्तान्त आदिले उनलाई अझ नजिकबाट बुझ्न सघाएको छ ।
No comments:
Post a Comment