Monday, June 22, 2015

साइनो संगीतसँगको


जून २१ अर्थात विश्व संगीत दिवस । विश्व संगीत दिवसको रन्को फ्रान्सबाट सर्दै सर्दै नेपालसम्म पनि आइपुगिसकेको छ । हाम्रो दैनिक क्रियाकलापका धेरै कुराहरुमा हामी स्थानीय र अन्तर्राष्ट्रिय नागरिक भएर सोचिरहेका छौं, बाँचिरहेका छौं । संगीत पनि एकै पटक स्थानीय र अन्तर्राष्ट्रिय दुबै सुनिरहेका छौं, गाइरहेका छौं । तर यहाँ, नेपाललगायत विश्वभरि संगीत दिवस मनाइँदै गर्दा म भने गीत संगीतसँग यति नजिक कसरी भएँ हूँला भनेर सम्झिने प्रयास गर्दैछु । खासगरी नेपाली गति संगीतप्रति धेरै ढिलो आकर्षित भएकाले कुन मोडमा कसरी नेपाली गीत सुन्ने भएँ भन्ने विषय आजको दिनमा सान्दर्भिक छ ।
मानिसमा कुनै पनि विषयप्र
ति रुचि जाग्नुमा परिवेशको भूमिका महत्वपूर्ण हुँदोरहेछ । म पूर्वी नेपालको विराटनगरमा जन्मेँ । त्यहीँ हुर्किए, बढेँ । मेरो माइलो दाइको धेरै समय किराना पसलमा बित्थ्यो । पसलमा दिन काट्ने सबैभन्दा भरपर्दो माध्यम क्यासेट प्लेयर थियो । उहाँ त झन् नयाँ पुराना सबैखालका गीत सुन्ने गर्नुहुन्थ्यो । घरमा पनि उहाँ गीत नबजाइ बस्न सक्नु हुन्थेन । तर ती सबै गीतहरु हिन्दी हुन्थे । नेपाली गीत त अरुले बजाएको रेडियोबाट सुनिन्थ्यो, त्यो पनि नेपथ्यमा । यस्तो परिवेशमा म पनि पुरानामा किशोर कुमार, रफी, लता, आशा, मुकेश आदिका गीत सुन्ने भएँ । नयाँमा त्यसबेला कुमार सानुको वर्चस्व थियो । टोलछिमेकका सांस्कृतिक तथा धार्मिक गतिविधिमा पनि हिन्दी गीत संगीतकै एकछत्र राज थियो । मैले हेर्ने सिनेमा पनि अपवादबाहेक हिन्दी नै हुन्थे । टेलिभिजनका अधिकांश कार्यक्रम पनि हिन्दी नै हुन्थे ।
पुरै हिन्दीमय कला र संस्कृतिका बीच नेपाली गीत संगीतप्रति कसरी आकर्षित भए ? नेपाली गीत रचेर कपी भर्ने र रेकर्ड गराउने धून के ले जगायो ? अझ, नेपाली संगीत क्षेत्रकै बारेमा बहस छेड्नु जरुरी छ र यसै विषयमा कलम पनि चलाउनु पर्छ भनेर केले उत्प्रेरित ग¥यो ? अहिले यसको उत्तर आपैंmबाट पाउन हम्मेहम्मे परिरहेछ ।
दाइले जस्तै मैले पनि केही समय पसलमा बिताए । घरमा उपलब्ध भएका क्यासेट नै मुख्य स्रोत थिए । तर हरेक मान्छेको आप्mनो केही न केही फरक रुचि भएकाले मैले मेरा साथीभाइ मार्पmत पनि क्यासेट बटुल्न थालेँ । फाट्ट फुट्ट नेपाली कलाकारका गीतसँग यसैबेला परिचित भएँ । तत्कालीन नयाँमा नवीन के. भट्टराई, संजीव प्रधान, रामकृष्ण ढकाललगायत क्रसरोड, कन्दरा, मध्यान्हजस्ता समूहका गीतहरु बढी चलेका थिए । पुरानामा सुरेश कुमार, दीप श्रेष्ठ, ओमविक्रम विष्ट आदि थिए । तर मूल आकर्षण हिन्दीमै थियो ।
तर विराटनगरबाट काठमाडौं प्रवेशले मेरो रुचिमा ठूलो फेरबदल ल्याइदियो । मैले काठमाडौं प्रवेश गर्दाताका विराटनगरमा एफएम शुरु भइसकेको थिएन । काठमाडौंमा भने एफएमको लोकप्रियता बढिरहेको समय थियो । एसएलसी सकेर काठमाडौं आएकाले विरानो काठमाडौंमा सबैभन्दा नजिकको साथी एफएम नै बन्यो । त्यो खुला परिवेश र प्रविधिमा पहुँचका कारण संगीतमा प्रवेश गर्ने नयाँ पुस्ताको बाढी आएको समय थियो । फलस्वरुप, नेपाली गीतमा विविध शैली भित्रिए । रेडियो नेपालको कठोर अनुशासन र साँघुरो दायरा तोडेर कलाकारहरु फुक्काफाल भएको धेरै भएको थिएन । राम्रा—नराम्रा दुबै खालका स्रष्टाहरुले आपूmलाई आपैंm र स्रोता मार्पmत परीक्षण गर्ने अवसर पाए । एफएमले नयाँ पुस्तालाई मात्र चिनाएन, पुराना पुस्ताका नयाँ पुराना दुबै खाले गीत संगीतलाई पनि ठाउँ दिएकाले संगीत क्षेत्रका सिर्जनालाई सिलसिला मिलाएर बुभ्mन र ओझेलमा परेका प्रतिभालाई चिन्न समेत सघायो ।
वषौंवर्ष गीत सुनेकाले होला केही कोर्न खोज्दा गीत जस्तै बन्न थाल्यो । मेरो साइलो दाइचाहिँ बढी  गजल सुन्नु हुन्थ्यो । मेरो रुचिमा गजल श्रवणको पनि धेरथोर प्रभाव देखिन थाल्यो । गीत संगीतमा युवा पुस्ता अगाडि आएको देखेर पनि होला, आपूmमा पनि सुषुप्त रुपमा यस्तै चाहना जाग्न थाल्यो ।
मैले नारायणगोपाललाई सबैभन्दा ढिलो मन पराएँ । उमरेको बीस कटेपछि मात्र नेपाली गीतसँग सम्बन्ध गाँसियो । रेडियो नेपाल आपैंmले बजाएर विरलै सुनेँ । धेरै स्रष्टाहरु त बितेपछि मात्र चिनेँ । ढिलै भए पनि नेपाली संगीतसँग जोडिएको छु । समाजलाई चिन्ने बुभ्mने प्रक्रिया सरल रेखामै बढ्ने होइन रहेछ । मेरो यात्रा पनि उल्टो रह्यो । आप्mनो समय, समाज, कला तथा संस्कृतिसँग नजिकिन धेरै समय लाग्यो । तर ढिलै भए पनि संगीतकै कारण ममा यस्तो अभिरुचि जागेको हो ।
यस क्षेत्रका हरेक गतिविधिमा रुचि बढ्दै गएपछि गीत लेखन मात्र नभई संगीत क्षेत्रबारे अनुसन्धान पनि गर्ने रहर र प्रतिबद्धता बढ्दो छ । संगीतमा रुचि छ भन्ने बित्तिकै ‘‘बजाउने कि गाउने ?’’ तर उत्तर हुन्छ ‘‘लेख्ने’’ । राम्रो गीतकार, संगीत समीक्षक वा अनुसन्धाता हुन पनि संगीतप्रति आकर्षण र लगाव चाहिन्छ नै । संगीत सुन्ने नशाविना यस्तो काम हुन सम्भव छैन । संगीत क्षेत्रमा लेख्ने मान्छेहरुको खडेरी जस्तै छ । धेरै मानिसले संगीत सुने पनि संगीत विधाबारे गम्भीर चिन्ता गर्ने र लेख्ने मान्छेको पनि खाँचो छ ।
 विश्व संगीत दिवस मनाउँदै गर्दा संगीतलाई मनोरञ्जनको माध्यमका रुपमा मात्र नलिइ यसका अनेक आयामबारे सोचेर गतिविधि सञ्चालन गर्नु जरुरी छ । सांगीतिक कन्सर्टसँगै यस विषयमा अन्तत्र्रिmया र गोष्ठीहरु हुनु आवश्यक छ । संगीत क्षेत्र पनि सामाजिक—सांस्कृतिक ज्ञान उत्पादनको क्षेत्रमा कम्मर कसेर अघि सर्नु अत्यावश्यक छ । संगीत क्षेत्रसँगसम्बद्ध दर्जनौं संघ संस्थालगायत माउ संस्था संगीत तथा नाट्य एकेडेमिको पनि यसतर्पm ध्यान जाओस् ।


No comments:

Post a Comment