Friday, November 7, 2014

चौबीस रिल, मैले नदेखेका हिप्पी र धोबीघाट एक्सप्रेस : खुदरा टिप्पणी

चौबीस रिल : नयाँ पुस्ताले निबन्ध विधालाई नयाँ उचाई दिन सक्छ भन्ने संकेत सम्भावना देखाएका भूपीनको कवि भाषा मीठो लेखकले भावना विचारको सन्तुलन मिलाउन सक्दो प्रयास गरेका छन् अग्रज समकालीन स्रष्टाहरुसँग बहस चिन्तन मार्फत वैचारिक सम्बन्ध स्थापना गर्न खोज्ने प्रयास सह्रानीय 'मनको एल्बमका प्रिय गीत' मलाई सबैभन्दा मन ¥यो 'भोकको संगीत', 'नदी जीवन', 'कविता यात्राको गोरेटो' राम्रा निबन्धहरु हुन्  मन नपरेको कुरा चाहिँ, हरेकजसो निबन्धमा अनावश्यक रुपमा उनी 'महान् लेखक', 'महान् कृति', 'प्रसिद्ध व्यक्तित्व' जस्ता विशेषणहरु प्रयोग गर्छन् किताब व्यक्तित्वहरुको रेफरेन्स पनि बढी दिन रुचाउँछन् यसले पुनरावृत्तिको समस्या चर्को बनाएको

मैले नदेखेका हिप्पी : शेखर खरेलको यो सानो काँटको संग्रह केही राम्रा केही सामान्य निबन्धहरुको संकलन हो पेशागत रुपमा खरेलको अनुभवको दायरा फराकिलो पत्रकारिता, फोटोग्राफी, वृत्तचित्र निर्देशन, साहित्य, संगीत सिनेमाका जानकार आदिका रुपमा परिचय बनाएका खरेलका निबन्धहरुले यी सबै क्षेत्रलाई छुन्छन्  'बदलियो बानेश्वर' शीर्षकको निबन्ध अब्बल 'मुम्बईको मनोहर कहानी' 'ब्याङ्क्सका तीन घुम्ती'मा उनको मिहिनेत झल्किन्छ लेखकले अखबारमा पूर्वप्रकाशित लेखहरुलाई थप काम गरेर सान्दर्भिक बनाउने जाँगर चलाए पनि निबन्धहरु अखबारी साहित्यको तहभन्दा माथि उक्लिन सकेको छैन धेरैजसो निबन्धहरुमा भाषागत मिठासको अभाव खड्किन्छ  

धोबीघाट एक्सप्रेस : रोशन शेरचन पाठकलाई बहसमा आमन्त्रण गर्न रुचाउने लेखक हुन् उनलाई हरक्षण कुनै विषयले पिरोलिरहेको भान हुन्छ आफू बाँचेको समय समाजको चेत उनमा प्रखर उनले धोबीघाट एक्सप्रेस शीर्षकको निबन्धमा स्वैरकल्पनाको समेत प्रयोग गरेका छन् काल्पनिक पुट दिइएकोले उनका केही निबन्धहरु कथाको नजिक पुगेका छन् अध्ययनशील घुमन्ते स्वभावका शेरचनले भौतिक वैचारिक दुवैखाले यात्रा गराइरहन्छन् 'फेसबुक संसार विसंगतिका काराभान', ' कविता किन लेख्छु ?' सशक्त निबन्धहरु हुन् ईश्वरवल्लभ शंकर लामिछनेबारेका लेखहरु साहित्य समालोचना दुवै हिसाबले महत्वपूर्ण छन् तर, पुनरावृत्ति उनको पनि समस्या हो उनको भूपीनको लेखनमा रेफरेन्स घरिघरि समस्या बनेर आउँछ  
तीन ओटै निबन्ध संग्रहहरुमा नियात्राले ठूलो हिस्सा  ओगटेको निबन्ध नियात्राबीचको समानता भेद के हो अलमलमा परेको छु नियात्रा भएपछि विवरणात्मक हुने डर बढी हुँदोरहेछ यसबाट सबै निबन्धकार सतर्क होउन्