कथा यस्तो छ— दुर्गालाल श्रेष्ठ जन्मे हुर्केको टोल न्हैकंतलाको छिमेकी टोल थाय्मदुका केटाहरुले न्हूबहालमा ‘सत्तलसिंह महाराज’ नामको डबली नाटकको तयारी गरिरहेका थिए । आप्mना साथीहरुको साथमा दुर्गालाल श्रेष्ठ पनि त्यहाँ गइरहन्थे । उनीहरुलाई अभ्यास कोठाभित्रै बसेर रिहर्सल हेर्न दिइन्थ्यो । तर एकदिन उनीहरुलाई रोकियो । ढोका ढक्ढक् गर्दा पनि खुलेन । भित्रको संवाद र गानाबाजाना बाहिरसम्म गुञ्इिरहेको थियो । दुर्गालालले ढोकाको प्वालबाट चिहाएर हेर्न के खोजेका थिए, उनको आँखामा भित्रबाट कसैको औंलाले घोचिदियो । घोचेको त आँखा मात्रै थियो, तर उनको मुटु नै बिझायो । उनको आत्मसम्मानमा बेस्सरी ठेस लाग्यो ।
यही घटना दुर्गालालको जीवनमा यही अपमानको भावना प्रेरणाको स्रोत बन्यो । उनले आफैं नाटक लेख्ने अठोट गरे । उनका साथीहरुले पनि छिमेकी टोलका केटाहरुको अपमानको प्रतिशोध लिने यही नै उचित माध्यम ठाने । यसरी दुर्गालालले पहिलो पटक नाटक लेखे र खेले । नाटककै लागि गीत पनि लेखे । यहीबाट उनको कला र साहित्य यात्रा शुरु भयो । यो वि.सं. २००४ सालको कुरा हो जतिबेला उनी बाह्र वर्षका थिए । नाटकको नाम थियो ‘प्रेमजीवन अन्धकार’ । उनको पहिलोे नाटक नै हिट भयो । त्यसबेला नाटक क्षेत्रमा हिन्दी, उर्दू र फारसीको दबदबा कायमै थियो । नाटकका लागि गीत त नेपालीमै लेखे, तर हिन्दीको लय चोरेर लेखे । नाटकमा संगीतज्ञ हुतराज शर्माले संगीत दिएका थिए । यसपछि लामो समयसम्म दुर्गालाल श्रेष्ठ गाइजात्रे कलाकारका रुपमा सक्रिय भए र ख्याती पनि कमाए ।
शुरुआती दिनमा हिन्दी गीतको नक्कल गर्ने कलाकार कसरी जनकवि÷जनगीतकार बने त ? दुर्गालाल भन्छन् ‘‘यसको श्रेय खेत र खेतमा पसिना चुहाउने किसानलाई जान्छ ।” कहिले कलाकार त कहिले कलाकार, कहिले भाषिक÷सांस्कृतिक अभियन्ताका रुपमा किसानसँग नजिक भएपछि उनले खेतको महिमा बुझेका हुन् । अहिले काठमाडौं उपत्यकाका खेतसँगै लोकको ज्ञान, अनुभव र संस्कृति नै मर्दै गएकोमा उनी चिन्तित छन् । यस्तै चासो र चिन्ताकै कारण दुर्गालालले आप्mनो जीवनको ८ दशकको धेरै हिस्सा नेपाली भाषा तथा नेपाल भाषा, साहित्य, कला र संस्कृतिको उत्थानका लागि समर्पित गरे । यसैकारण उनले जगदम्बा पुरस्कारलगायतका अनेक सम्मान पाएका हुन् ।
जनकवि हुनुअघि उनी प्रेमकवि पनि भए । थाय्मदु टोलमा एउटा फल्चा थियो । त्यहाँ श्रीमद्भागवतको कथा वाचिन्थ्यो । तर उनको ध्यान भने कथा सकिएपछि टीका लगाइदिने सुन्दर युवतीमा हुन्थ्यो । सधैं टीका लगाएको रात उनी जागराम बसेर प्रेमकविता फुराउथे । त्यो टुकी बाल्ने जमाना थियो । बुबाले तेल खेर नजाओस् भनेर आपूm सुत्नेबेला टुकी निभाइदिन्थे । उनी छोरोको चञ्चल मनको हालबाट बेखबर जो थिए । अध्याँरोको साम्राज्यमा मनको भाव बिसाउन उनी बुबाले पिउने पूmलमार चुरोटको बट्टा च्याचुत पार्थे । दुर्गालाल भन्छन् ‘‘जस्तै अध्याँरो भए पनि बिहान उठेर हेर्दा मेरा अक्षर सग्लै हुन्थे । यो अर्कै कुरा हो, ती अक्षरमा कहिले अर्थ भेट्थेँ र कहिले ती सबै निरर्थक लाग्थे ।’’ यो उनको एकोहोरो प्रेम थियो । दुर्गालालले जसरी नै उनलाई एकोहोरो प्रेम गर्ने एउटी युवती पनि रहिछिन् । तिनले पनि दुर्गालालले जस्तै रातभर तारा हेर्दै कविता कोरिन् कि कोरिनन् थाहा छैन तर उनका नाटकको प्रभावले गर्दा ती युवतीले नाटकका लागि चाहिने लुगा र गहना दिन थालिन् । यो क्रम केही समय चल्न नपाउँदै एकदिन युवतीको दाइले थर्काएछन् ‘‘एँ त मेरो बहिनीलाई फकाएर लुगा गहना लिने !”
राणा शासन विरुद्धको २००७ सालको आन्दोलन आसपास पुग्दा दुर्गालालको राजनीतिक चेतना खारिँदै गएको थियो । उनी कमरेड पुष्पलाल श्रेष्ठ र शम्भुराम श्रेष्ठजस्ता कम्युनिष्ट नेताका संगतमा आइसकेका थिए । उन्नत समाज निर्माणका लागि वर्ग विभेदको खाडल पुर्नु पर्ने आवश्यकता बोध हुँदै गर्दा २००९ मा उनले पहिलो प्रगतिशील नाटक कोरे ‘ग्राम्य जीवन’ । यसमा उनी आपूm चाहिँ जमीनदारको भूमिकामा थिए भने गणेशप्रसाद श्रेष्ठ यसका संगीतकार थिए । परिवर्तनको पक्षमा रहेको जोशमा उनले नाटक शुरु गर्नुअघि देउताको आराधता गर्न गाइने मङ्गलाचरणको नियमसमेत तोडे । संयोगवश नाटककै अर्का कलाकार रत्नकमल वैद्यलाई ‘देउता लागे’पछि सबै दुर्गालालमाथि खनिए । उनी दंग पर्दै भन्छन् ‘‘मङ्गलाचरणमा देउताको भक्तिगानको साटो मैले नयाँ प्रयोग गरेँ । त्यो प्रयोग निकै लोकप्रिय भयो ।” उनको मङ्गलाचरण यस्तो थियो ः
झीं ज्यामि ज्यापु सारा
शोषित व सर्वहारा
सो देश झींगु ख्युंगु
या लालस्वर्ग
(हामी किसान मजदुर
शोषित र सर्वहारा
यो देशको अँध्यारो
वा लालस्वर्ग प्यारा ।)
हामी महेन्द्रमाला पढेर हुर्किएका विद्यार्थीलाई आँशुकवि भन्यो कि लक्ष्मीप्रसाद देवकोटा मात्र याद आउँछ अनि राष्ट्रकवि भन्नेबित्तिकै माधवप्रसाद घिमिरे । तर नेवार समुदायका आँशु कवि र जनकवि दुबै हुन् दुर्गालाल । एउटा यस्तो पनि समय थियो, काठमाडौं उपत्यकाको तीनै शहरमा उनकै गीत बज्थ्यो । उनको यही ख्यातीले उनलाई नेपाल भाषा परिषद्ले जनकविको दर्जा दिलायो । दुर्गालालसँगै २ वर्ष बिताएर थेसिस नै लेखेका आर. मानन्धरका भन्छन् ‘‘दुर्गालाल नेवार समुदायको मनोज्ञिानलाई बुझेर आशुँ र हाँसो, जात्रा र पर्व, विरोध र कुण्ठा सबै पक्षलाई सही र सरल रुपमा गीत, कविता, नाटक जस्ता विधामा व्यक्त गर्ने सर्जक हुन् । त्यसैले उनको स्थान उच्च छ ।” नाटक, कविता वा गीत सबै दुर्गालालले सोचेर सम्झेर भन्दा माग बमोजिम लेखे । बालगीत, लोकलयमा आधारित गीत, क्रान्तिकारी गीत÷कविता, आध्यात्मिक गीत÷कविता र स्वागत गीतदेखि देखि शोकगीतसम्म लेखे । उनी ठाउँको ठाउँमै कविता वा गीत जन्माउँथे । उनी लेखेर भन्दा वाचेर सिर्जना गर्ने कविका रुपमा पनि परिचित छन् । उनलाई लेख्न भन्दा अरुलाई रचना टिपाउन सहज लाग्छ ।
दुर्गालाललाई लाग्छ, काठमाडौं उपत्यका विशिष्ट संस्कृतिको खानी हो अनि नेपाल भाषा त्यसको रत्न । तर त्यही संस्कृतिका धनी नेवार समुदायको मातृभाषा नेपाल भाषाप्रति पञ्चायती व्यवस्था अनुदार थियो । मातृभाषामा कविता वाचन गर्दै हिडेकाले उनी सरकारी आँखामा बिझाए । २०१८ मा केही समयका लागि उनी भूमिगत हुनु पर्यो । २०२५ मा उनको प्रगतिशील गीतहरुको संग्रह ‘आकाशभन्दा धरती राँकिएको छ’ प्रकाशित भएपछि उनी पक्राउ समेत परे । पछि संग्रहका ४ कविता निकालेर छाप्ने अनुमति पाए । कहिले नेवार समुदायको भाषिक अधिकार त कहिले समग्र नेपालीकै राजनीतिक अधिकार प्राप्तिको संघर्षमा उनी सडकमा उत्रिइरहे । उनको कवितामा मात्र नभएर कविता वाचन शैलीमा पनि जादु र शक्ति छ । यसबाहेक २०३६, २०४६, २०६२÷०६३ का सबै कठिन मोडमा उनी सडकमा उत्रिए । सत्ताको बन्दुकलाई उनका शब्दहरु हरेक चरणमा भारी पर्यो ।
उमेर र अनुभवले भुक्तमान बनाएको उनको स्मृतिमा अटाउनै नसक्ने सन्दर्भ र सम्झना हुनु अस्वाभाविक हैन । हुँदाहुँदा उनी आप्mनै कतिपय कृतिको नाम बिर्सँदै छन, मान्छेको नाम पनि भुल्दै गइरहेका छन् । ‘‘सयथरी बाजा एउटै ताल” उनलाई आपैंmले लेखेको मध्ये मन पर्ने नेपाली गीत हो तर यो गीतमा स्वरदिने कलाकारहरुको नाम भने सम्झना छैन । यो गीत जस्तै धेरै कुरा उनको विस्मृतिमा पुगिसक्यो । तर उनलाई याद छ, उनी पढाइमा निकै तेज थिए । त्योभन्दा बढी रुचि चाहिँ कला, समाज र संस्कृतिमा थियो । त्यही भएर आइए दोस्रो वर्ष पढ्दा पढ्दै औपचारिक शिक्षा छोडेर जीवन र दर्शनको स्वअध्ययनतिर लागे । उनलाई रजनीशले गहिरैसँग तान्यो । पढ्न त जे. कृष्णमूर्ति पनि खुब पढे तर रजनीशको सरलताले तान्यो । रजनीशका किताब र प्रवचनहरु बौद्ध दर्शनसम्म पुग्ने सोपान बन्यो । सरलता रुचाउने भएकैले दुर्गालालका कविता होस् या गीतमा जीवन दर्शनका गम्भीरभन्दा गम्भीर कुरा पनि सरल रुपमा अभिव्यक्त भएको पाइन्छ ।
शब्दका कुशल कालीगढ दुर्गालालको क्षमता र योग्यता औपचारिक शिक्षाले मापन कुरै थिएन । त्यसैले एक जना शुभचिन्तकको सल्लाह र सहयोगमा आइए पास नगरी उनले सरकारी मापदण्डभन्दा माथिल्लो तहका विद्यार्थीलाई पढाउने अवसर पाए । आप्mनो विद्यार्थी जीवन छोटो भए पनि उनले क्षेत्रपाटीस्थित कन्या मन्दिर हाइस्कुलमा झण्डै चौबीस वर्ष पढाएर बिताए । अवकाश पाएपछि उनलाई स्कुलको नियमले पेन्सन चाहिँ प्राथमिक तहका शिक्षकले पाउने जति मात्र दिने निर्णय भयो । उनलाई चित्त बुभ्mने कुरै थिएन, भन्दिए ‘‘मेरो योग्यता भन्दा कम पेन्सन लिन्नँ ।”
दुर्गालाललाई हेक्का छ, जिन्दगी र समयले गोधुली नाघिसकेको छ । मनमा कुरा छिनमै आउँछ, छिनमै चुडिन्छ । सहनै नसकिने गरी गोडा दुख्छ । कानले राम्ररी सुन्न छोडेको छ । तर उनलाई यो समय पनि मनमोहक लागिरहेको छ रे । भन्छन् ‘उमेरअनुसारका नयाँ नयाँ अनुभव भोग्दैछु, जीवनप्रति गुनासो छैन ।’ उनलाई गुनासो छ त केवल राज्यप्रति जो मातृभाषामा पढ्न नपाउनेहरुको भावना र चाहना बुभ्mन हरेक व्यवस्थामा आनाकानी गरिरहन्छ । भाषिक र सांस्कृतिक भेदभाव गरिरहन्छ ।
No comments:
Post a Comment