Sunday, May 10, 2015

गजल : कसैको मायाको उपकार चाहिन्छ गजललाई

(प्राविधिक कुरामा सधैं कमजोर म । संरचनाको महत्व जान्दाजान्दै पनि गजल लेखनमा यो पक्ष गौढ भइदिन्छ लेख्दालेख्दै । कृपया प्रतिक्रिया दिनु होला ।)

कसैको मायाको उपकार चाहिन्छ गजललाई ।
साँचो हो आँखाको प्यार चाहिन्छ गजललाई  ।।

साथ दिने होस् या धोका दिने साथी ।
अनिवार्य एउटा यार चाहिन्छ गजललाई ।।

सातबारे एक साता सधैं काटमारको ।
प्रेमिल एउटा बार चाहिन्छ गजललाई ।।

रदिफ र काफिया मात्रले कहाँ पुग्छ हजूर !
दिलको भाषा बोल्ने मतियार चाहिन्छ गजललाई ।।


No comments:

Post a Comment