-प्रभाकर गौतम
बागीना मुख्यतः २०३० देखि २०३५ सम्म नियमित निस्किएको देखिन्छ । यस अवधिमा जम्मा २२ अंकसम्म निस्कियो । २०३२ सालभरि बागीना निस्केन । २०३३ बैशाखमा पूर्णाङ्क ७ देखि ११ सम्मको संयुक्ताङ्क
निस्कियो । यो २०३५ साल अर्थात् पूर्णाङ्क २१–२२ सम्म यही अवस्थाबाट गुज्रियो । शुरुका वर्षमा राम्रो हिसाबले चलेको बागीना केही समयपछि कमल दीक्षितको शब्दमा अन्य नेपाली पत्रपत्रिका झैं “साविक रोग” कै शिकार भयो । साविक रोग अर्थात् पाठकको कमी, ग्राहकको कमी, विज्ञापनको अभाव । बागीना बन्द हुने कारणबारे सङ्गीतसम्बन्धी पत्रिका 'आहा ! संगीत'को वर्ष २ अंक १ को सम्पादकीयमा भनिएको छ ‘'...विज्ञापनदाता र चुस्त व्यवस्थापनको अभावमा पत्रिका बन्द हुन पुगेको तीतो यथार्थ हामीसँग छ ।’' ०४६ पछि भने यसको विशेषाङ्क निस्कियो जसलाई नारायणगोपालको मृत्यु भइसकेपछि नारायणगोपाल संगीत कोषले २०४९ मा निकालेको थियो । बागीना : नारायणगोपाल स्मृति अङ्कको पृष्ठ ङ मा बागीना पुनः प्रकाशन गर्ने भनिएको थियो तर फेरि निस्कन सकेन । यो अङ्कलाई वर्ष ८ अङ्क २४ भनिएकोले समग्रमा बागीनाका २४ अङ्कहरु प्रकाशित भएको अनुमान गर्न सकिन्छ ।
पत्रिका प्रकाशनको उद्देश्यबारे बागीनाको पहिलो अंकको सम्पादकीयमा उल्लेख यी कुराहरुले पत्रिकाको उद्देश्यबारे अनुमान गर्न सघाउँछ । नामअनुसार नै यसमा बाजा, नृत्य र सङ्गीतसम्बन्धी सामग्रीहरु समावेश भएका छन् । पत्रिकाका विभिन्न अंकहरु हेर्दा यसभित्र, माथि उल्लेखित विधाहरुमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न कलाकार, समीक्षक, स्रष्टा, बुद्धिजीवी आदिका विचार, टिप्पणी र अन्तर्वार्ताहरु समावेश पाइन्छ । स्वदेशको कला संस्कृतिसम्बन्धी सामग्री मात्र नभइ विदेशी कलाकारसम्बन्धी पनि यसमा प्रशस्त सामग्रीहरु नियमित रुपमै राखिन्थ्यो । पाठक प्रतिक्रिया, सम्पादकीय, शुद्धीपत्र, डायरी–बागीनको स्तम्भमा संक्षिप्त समाचार, नियमित रुपमा विदेशी सामग्रीको अनुवाद, विशेषाङ्कहरुको प्रकाशन लगायतका नियमित तथा अनियमित सामग्रीहरु प्रकाशित छन् । सानो आकारकै भएपनि यसमा लेख रचनाहरुको बाहुल्यता छ । पत्रिकामा नेपाली कला तथा संस्कृतिलाई फराकिलो दायरामा हेरिएको छ । यसमा दार्जिलिङका श्रष्टाका सामग्रीहरु पनि रहेका छन् ।
नेपालमा सङ्गीतसम्बन्धी म्यागेजिन निकाल्ने प्रयासहरु बेलाबेला भए पनि यस्ता पत्रिकाहरु धेरै छैनन् । धेरैजसो विभिन्न कारणले छोटो समयमै बन्द हुँदै आएका छन् । लामो समय नचले पनि तीमध्ये 'बागीना' पत्रिकाको विशेष स्थान छ । बागीनाको प्रकाशन २०३० साल कात्तिकदेखि
त्रैमासिक पत्रिकाको रुपमा भएको थियो । करिब ५ वर्षको दौरानमा जम्मा २२ अंक निस्किएर बन्द भएकोले यो म्यागेजिन छोटो आयुकै सूचीमा पर्छ । पहिलो अंकअनुसार यसको सम्पादक नारायण गोपाल थिए भने प्रकाशक नगेन्द्र थापा र व्यवस्थापक गोपाल योञ्जन थिए । पत्रिकाको तेस्रो अंकसम्म आइपुग्दा नारायण गोपाल सम्पादक तथा प्रकाशक भएका छन् भने गोपाल योन्जन र नगेन्द्र थापा व्यवस्थापक बनेका छन् । पत्रिकामा नारायणगोपालको
कार्यभार अरुको तुलनामा बढी रहेको अनुमान गर्न सकिन्छ । पछिल्ला अंकहरुमा उनी सम्पादक, प्रकाशक र व्यवस्थापक समेतको भूमिका देखिएका छन् ।
यद्यपि, छोटो समय मात्र बढी सक्रिय र निरन्तर देखिएको यस पत्रिकाका सामग्रीहरु स्तरीय थिए । यसको प्रकाशनको महत्व किन पनि छ भने यो सङ्गीत तथा कला क्षेत्रमा दिग्गज मानिएका नारायणगोपाल,
गोपाल योन्जन र नगेन्द्र थापाको संलग्नतामा निस्किएको बाजा, गीत र नाच अर्थात् नेपाली कला क्षेत्रमा केन्द्रित भइ प्रकाशन गरिएको म्यागेजिन हो । नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको सहकार्यमा निस्किएको यो पत्रिका उनीहरुको मित्रता र आप्mनो कर्मक्षेत्रप्रति प्रतिबद्धताको
उपज थियो । बाजा, गीत र नाच शब्दको प्रारम्भिक अक्षरका आधारमा पत्रिकाको नामाकरण गरिएको थियो बागीना । नारायणगोपाल
लगायत गोपाल योञ्जन र नगेन्द्र थापा सङ्गीत क्षेत्रको विकासका लागि यसलाई साहित्यसँग जोड्नु पर्छ मान्यता राख्दथे । यही प्रयासको एउटा कडी थियो बागीना ।
नेपाली बाजा, गीत र नाचका क्षेत्रमा के कस्ता अर्घेलाहरु छन्, अभावहरु छन् । के कस्ता वाधा र विकृतिहरु छन् अनि के कस्ता सम्भावना पहिलाउन; कुन बाटो अपनाउन, कस्तो लक्ष्य र उद्देश्य राख्न; हामी कसरी आपसमा विचारको आदान–प्रदान गर्न सक्छौं, सामूहिक प्रयासको दिशा निश्चित गर्न सक्छौं भन्ने उद्देश्य र प्रेरणाले नै ‘बागीना’को जन्म भएको हो । ‘बागीना’ रंगमंच हो – नेपाली ललित कलाको । ‘बागीना’ आह्वान हो सामूहिक उत्तरदायित्वको... ।
पत्रिका प्रकाशनको उद्देश्यबारे बागीनाको पहिलो अंकको सम्पादकीयमा उल्लेख यी कुराहरुले पत्रिकाको उद्देश्यबारे अनुमान गर्न सघाउँछ । नामअनुसार नै यसमा बाजा, नृत्य र सङ्गीतसम्बन्धी सामग्रीहरु समावेश भएका छन् । पत्रिकाका विभिन्न अंकहरु हेर्दा यसभित्र, माथि उल्लेखित विधाहरुमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न कलाकार, समीक्षक, स्रष्टा, बुद्धिजीवी आदिका विचार, टिप्पणी र अन्तर्वार्ताहरु समावेश पाइन्छ । स्वदेशको कला संस्कृतिसम्बन्धी सामग्री मात्र नभइ विदेशी कलाकारसम्बन्धी पनि यसमा प्रशस्त सामग्रीहरु नियमित रुपमै राखिन्थ्यो । पाठक प्रतिक्रिया, सम्पादकीय, शुद्धीपत्र, डायरी–बागीनको स्तम्भमा संक्षिप्त समाचार, नियमित रुपमा विदेशी सामग्रीको अनुवाद, विशेषाङ्कहरुको प्रकाशन लगायतका नियमित तथा अनियमित सामग्रीहरु प्रकाशित छन् । सानो आकारकै भएपनि यसमा लेख रचनाहरुको बाहुल्यता छ । पत्रिकामा नेपाली कला तथा संस्कृतिलाई फराकिलो दायरामा हेरिएको छ । यसमा दार्जिलिङका श्रष्टाका सामग्रीहरु पनि रहेका छन् ।
दार्जिलिङ र काठमाडौँका श्रष्टाहरुको संलग्नता, दार्जिलिङ, विराटनगर, जनकपुर, हेटौडा, असाम जस्ता ठाउँहरुमा प्रतिनिधि सम्पादकहरुको व्यवस्था, विज्ञापन, बागीना पुरस्कारको समेत स्थापना (पहिलो पटक सोफिया गुरुङले रु. १०० पाएको) आदि यस पत्रिकाका विशेषताहरु हुन । म्यागेजिन बन्द भएको थुप्रै वर्ष पछिसम्म बागीना पुरस्कार वितरण गरिएको थियो ।
बागीना पत्रिका प्रकाशनको उद्देश्य आर्थिक आर्जन गर्नु वा सस्तो लोकप्रियता कमाउनु नरहेकोले यसमा प्रकाशित थुप्रै सामग्रीहरु अझै पठनीय र संग्रहणीय छन् । संगीतको मर्म बुझेका गायक, संगीतकार तथा गीतकारको नेतृत्वले गर्दा पनि यसभित्रका अन्तरवस्तु अद्यापि पठनीय र संग्रहणीय छन् ।
यसका अंकहरु पढ्दा लाग्छ, अर्को बागीना फेरि कस्ले निकाल्ला ?