यो पदयात्रा http://www.onlinekhabar.com/2014/11/205215/#sthash.sXn4N1P4.y6Qp1Gzc.dpuf मा केही अंश सम्पादनसहति प्रकाशित भएको थियो ।
-प्रभाकर गौतम
यसपालिको दसैंमा अलि टाढा जान मन थियो । त्यसैबीच अचानक लामो समय सम्पर्कमा नआएको साथी अमितले आफू नेपाल आउन लागेको फेसबुके सन्देश पठायो । कुरा गर्दै जाँदा भन्यो, मुस्ताङ हैन ‘अन्नपूर्ण आधार शिविर (एबीसी) जाम् ।’
चारजनाको समूह बन्यो । बाँकी दुईसँग ठमेलमा जाडो छल्ने बन्दोबस्तीका सामान किन्दा सामान्य परिचयमात्र भएको थियो । दसैंको टीकालगत्तै मुस्ताङ जान लागेको म, पूणिर्माको चौथो दिन एबीसीका लागि रवाना भएँ। हाम्रो पहिलो दिन असोज २५ गतेको साँझ पोखरामा बित्यो ।
दोस्रो दिन
बिहान पााचै बजे उठेर पुन हिल जानु थियो । करिब ४५ मिनेट हिँडेर पुगेको उकालोपछिको दृश्य सुन्दर लाग्यो । तर, सूर्योदय हेर्न गएका हामीलाई मौसमले साथ दिएन । त्यतै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल अलि प्रष्ट देख्न पाएकामै सन्तोष मान्दै फोटो खिचेर फक्र्यौं । हाम्रो योजनाअनुसार टाँडापानी पुग्नु थियो । पुनहिलबाट फर्केर ब्रेकफास्ट गर्यौं ।
करिब आठ बजेतिर हिँड्न शुरु गरियो । हिजोको हिँडाइभन्दा आजको सहज लाग्यो । उल्लेरीको जति चर्को उकालो थिएन । मौसम पनि शीतल थियो । हिजोजस्तै आज पनि जंगल, झरना, हिमाल र खोलाहरुको दृश्यपान गर्दै, फोटो खिच्दै हिँडियो । जंगलभरि लालीगुराँसका बोटहरु थिए । भर्खरै कोपिला हाल्दै गरेका बोटहरु हेरेर सोचो, लालीगुराँस फूलेपछि कत्ति राम्रो देखिँदो हो ।
शरीर पनि हिँड्दै जाँदा भारी बोक्न अभ्यस्त हुँदो रैछ । नयाँ ठाउँ पुग्ने उत्साहले जति थाके पनि आफूभित्रको ऊर्जा रित्तिन नदिने । फेरि, आफूले काटेर आएको बाटो फर्केर हेर्दाको आनन्दले जति हिाड्यो उति मजा लाग्ने ।
साथीहरु बीचबीचमा भन्थे ‘अहो, त्याहाँबाट हिडेको हैन, हेर् हेर् कति चाँडो यहाँ आइपुग्गियो ।’ टाँडापानी पुग्दा ३ बज्यो । होटलमा छिरेर जिन्जर टी खाँदाखाँदै पानी छिटाउन थाल्यो । सुत्नेबेलासम्म पानी नरोकिएपछि मन आत्तिन थाल्यो । पानी परेको मौसममा कसरी हिाड्ने रु पानी रोकिएन भने के गर्ने ?
तेस्रो दिन
बिहान पाँचै बजे उठेर पुन हिल जानु थियो । करिब ४५ मिनेट हिँडेर पुगेको उकालोपछिको दृश्य सुन्दर लाग्यो । तर, सूर्योदय हेर्न गएका हामीलाई मौसमले साथ दिएन । त्यतै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल अलि प्रष्ट देख्न पाएकामै सन्तोष मान्दै फोटो खिचेर फक्र्यौं । हाम्रो योजनाअनुसार टाँडापानी पुग्नु थियो । पुनहिलबाट फर्केर ब्रेकफास्ट गर्यौं ।
करिब आठ बजेतिर हिँड्न शुरु गरियो । हिजोको हिँडाइभन्दा आजको सहज लाग्यो । उल्लेरीको जति चर्को उकालो थिएन । मौसम पनि शीतल थियो । हिजोजस्तै आज पनि जंगल, झरना, हिमाल र खोलाहरुको दृश्यपान गर्दै, फोटो खिच्दै हिँडियो । जंगलभरि लालीगुराँसका बोटहरु थिए । भर्खरै कोपिला हाल्दै गरेका बोटहरु हेरेर सोचो, लालीगुराँस फूलेपछि कत्ति राम्रो देखिँदो हो ।
शरीर पनि हिँड्दै जाँदा भारी बोक्न अभ्यस्त हुँदो रैछ । नयाँ ठाउँ पुग्ने उत्साहले जति थाके पनि आफूभित्रको ऊर्जा रित्तिन नदिने । फेरि, आफूले काटेर आएको बाटो फर्केर हेर्दाको आनन्दले जति हिाड्यो उति मजा लाग्ने ।
साथीहरु बीचबीचमा भन्थे ‘अहो, त्याहाँबाट हिडेको हैन, हेर् हेर् कति चाँडो यहाँ आइपुग्गियो ।’ टाँडापानी पुग्दा ३ बज्यो । होटलमा छिरेर जिन्जर टी खाँदाखाँदै पानी छिटाउन थाल्यो । सुत्नेबेलासम्म पानी नरोकिएपछि मन आत्तिन थाल्यो । पानी परेको मौसममा कसरी हिाड्ने रु पानी रोकिएन भने के गर्ने रु माथि उक्लिने कि घरतिरै फिर्ने ?
चौथो दिन
पानी परिरहेको थियो । हावाको गति पनि बढ्दो थियो । बिहान साढे एघार बजेसम्म पनि हामी कुनै निर्णयमा पुग्न सकेनौं । चिसोका कारण ५० रुपैयाँ कपको जिन्जर टी र बीस रुपैयाँ कपको तातोपानी पिउादै ज्यान तताइरहृयौं । पानी रोकिने समयसम्म टाँडापानीमै बस्ने कि हिाड्ने रु होटलकी दिदीले छिटो निर्णय गर्नुस् भनेर बिहानदेखि पाँचपटक भनिसकेकी थिइन् । दुविधा र भयका साथमा अन्ततः हामी अघि बढ्यौं छुम्रुङका लागि ।
नयाँ पुलमा किनेको प्लास्टिक ओढेर हामी हुइँकियौं । जति धेरै हिाड्यो त्यति कम शौच जानुपर्ने हुँदोरहेछ । बीचमा १५० रुपैयाँ तिरेर रारा चाउचाउकोे सुप खानेबाहेक आराम गरिएन । पानीबाट ब्याग जोगिए पनि हामी भिजिसकेका थियौं । त्यसमाथि आफ्नो त ओरालोमा चिप्लेर प्लास्टिकको एउटा भाग च्यातियो । तै तै ब्याग भिज्नबाट बच्यो । जुत्ता, मोजा र लगाएका लुगा भने लुछ्रुप्पै भिजे ।
चिसोका कारण छुम्रुङको सबैभन्दा पहिलो होटलमै बास बस्यौ । सााझको ६ बज्न लागेको थियो । भिजेको शरीरलाई तताउन जिन्जर टी मगायौं, त्यसपछि खाना । त्यसपछि कलब्रेक खेलियो । यो हाम्रो अघोषित रुटिन बनिसकेको थियो ।
सुत्ने बेलासम्म मौसम खराब नै भएकाले माथि पुग्ने आश मर्दो थियो । साथी निराजनबाहेक अरुमा पुग्नैपर्छ भन्ने जिद्दी थिएन । अमित एटेम्प्ट गरौं भन्दै थियो । म र दर्शन भाइ पानी रोकिएन भने यहीँबाट फिर्नु राम्रो भन्दै थियौं । हाम्रो दुविधालाई थोराङ ला पासमा भएको दुर्घटनाको खबरले झनै बढायो ।
मोबाइलमा घरका मान्छेहरुले मौसमको जानकारी गराइरहेका थिए । त्यसमाथि बाटोमा भेटिने गाइडहरुले सुनाएका डरलाग्दा किस्साले झनै तर्साउाथ्यो । सुत्नेबेलामा पनि हावा(पानीको आवाज कर्कश लागिरहेको थियो । तर, बिहान उठेपछिको मनोविज्ञान पूरै नयाँ भएर आयो । दुई दिनदेखि झरीले ओझेलमा पारेको सूर्य नयाँ लागेजस्तै । घाम आकाशमा नभएर चारैजना ठिटाहरुको मनमा लागेजस्तै भयो । त्यसपछि त के थ्यो र, झोलाझम्टी बोकेर हिड्ने चटारो शुरु भइहाल्यो । बाटोभरि सबैभन्दा बढी दोहोरिएको कुरा ‘छुम्रुङभन्दा अघिको बाटो निकै अप्ठ्यारो छ ।’ हामी त्यही अप्ठ्यारो यात्रामा निस्क्यौं । तर हिँड्दै जाँदा सबै बाटा उस्तै लागे । मनमा एउटै कुरा हाबी थियो ‘हामी हिमालको नजिक पुग्दै छौं ।’
पाँचौं दिन
हामी त्यस बेलासम्मकै सबैभन्दा बढी हिँड्यौं । टाढा पुग्नु छ भन्ने कुराले हामीलाई हिँडाइरहृयो । जहाँजहाँ रोकिन्थ्यौं, ‘जिन्जर टी’ खान्थ्यौं । पानीको मात्रा उचाइसँगै बढाउँदै लगेका थियौं । थाक्न त आठ घण्टामै थाकेका थियौं, तर सुत्ने कोठा नपाइएपछि जहाँ पुगे पनि आजको रात डाइनिङ हलमा भन्दै थप दुईरअढाइ घण्टा हिाडियो । देउराली पुग्दा झमक्कै भइसकेको थियो । हिँडाइको गर्मी नघट्दै हिमाली हावाले ठिहिर्याउन थालिसक्यो । त्यसमाथि, डाइनिङ हलसमेत पाउने हो कि हैनको चिन्ता थपियो । कसोकसो डाइनिङ हलको टुंगो लाग्यो । व्यवस्थापनका धेरै काम निराजन र अमितको जिम्माजस्तै थियो । दर्शन भाइ र मैले यसमा केही सुविधा पाएका थियौं । आरामले सुत्न नपाए पनि मान्छे न हो, परिस्थिति अनुसार काम चलिहाल्छ । हाम्रो पनि चल्यो । बीच बाटोमा चिनजान भएका काठमाडौंकै पाँच जना साथी पनि हामीसँगै भए त्यो रात ।
छैठौं दिन
हाम्रो अवस्था फाइनल परीक्षा दिन जान लागेका परीक्षार्थीजस्तै थियो । ओभर कन्सियस भएर हिड्यौं हामी सबै । देउरालीभन्दा माथिको यात्रामा विशेष सावधानी अपनाउन धेरैले सुझाव जो दिएका थिए । धेरै पानी खाने र बिस्तारै हिँड्ने नियमको पालना गरिरहृयांैं । अप्ठ्यारो बाटो अब आउला, तब आउला भन्दाभन्दै करिब अढाइ घण्टाको यात्रापछि माछापुच्छ्रे आधार शिविर आयो । हामी अभ्यस्त भइसकेकाले होला, बाटो त्यति अप्ठ्यारो लागेन । बरु रहस्यमयी क्षेत्रमा प्रवेश गरिरहेको भान भयो । हिजोअस्तिका बाटामा देख्नेभन्दा केही फरक दृश्य देखियो । ठूल्ठूला चट्टान भएका घुम्तीहरु धेरै आए । खोला, पहाड र हिमालको संगम स्थलमा हिँड्दा हिँड्दै भाव र विचार शून्यको अवस्थामा पुग्थेँ म घरिघरि । सबै साथीहरुलाई छोडेर कहिले अघिअघि र धेरैजसो पछिपछि हिँड्न मन लाग्थ्यो । र, हरेक दिनको यात्रामा बीचबीचमा त्यसरी नै हिाड्ने बानी परिसकेको थियो ।
माछापुच्छ्रे आधार शिविर पुगेपछि त गन्तव्य संघारमै आएको आभास भयो । अनौठो सन्तोष भाव पैदा भयो । साथीहरु एकअर्काको मुहार हेर्दै गर्विलो मुस्कान दिन थाले । फोटो सेसन त चल्ने नै भयो । अचेल त जहाा र जेको फोटो खिचे पनि फेसबुकमा राख्ने परिकल्पना स्वतः आउने रैछ । एमबीसी पुग्ने बित्तिकै उही जिन्जर टी लियौं । भोक लागेकाले गुरुङ ब्रेड पनि खाइयो । अघिल्लो दिनको पानीले हिउाको मात्रा थपिए पनि हिउँद पूरै लाग्न बााकी भएकोले एमबीसी छेउछाउका हिमालहरु सेताम्मे थिएनन् । केही हिमाल त हिस्सी नपरेका र उजाड लाग्थे ।
दुरी लामो नभए पनि हिउँका कारण एमबीसीबाट एबिसी पुग्न करिब २ घण्टा लाग्ने रैछ । हिउँको बाटो हिड्ने कुरा कल्पनामा सीमित थियो । यथार्थ भइसकेको कल्पनालाई विश्वास गर्न कठिन भइरहेको थियो । चिप्लेर लड्दासमेत दर्द नहुने रैछ फुरुङ्ग तनमनलाई ।
अब लेक लाग्ने भय अनावश्यक लाग्न थाल्यो । डर पूरै हटिसकेको थियो । यात्रामै परिचित एकजना भाइलाई गाह्रो भइरहेको थियो । उनीसँगै गफ्फिादै हिाडो । जति सुस्त हिँड्यो हिउँको बाटो हिँड्न उति आनन्द । १२ बजिसकेकाले हिउँमा हिाड्दासमेत डाउन ज्याकेट लाउनु परेन अब त ।
एमबीसीका भन्दा एबीसीतिरका हिमाल सेताम्मे थिए । अन्नपूर्णलाई हातैले छुन(छुन आाटेको अनुभूतिले रोमाञ्चित थिएा म । फोटोमा धेरैचोटि देखेको अन्नपूर्ण अब साइडमै उभियो । आाखाले देख्ने जति भूगोल पूरै सेतो भयो । मन पनि त्यसैत्यसै कञ्चन भएर आयो । आधार शिविर पुगेर पनि हामीले जिन्जर टी खान बिर्सेनौं । हिडाइले भोक लगाउने नै भयो ।
बाटोभरि प्रायः रारा चाउचाउ दिन्थे, यहाँ वाइवाइ खाइयो । सबैभन्दा टुप्पोमा पुगेपछि सबैभन्दा महंगो त हुने नै भयो । चिया र चाउचाउको पैसा गोटाएक तीन सय पचास पुग्यो । केही बेर फोटो सेसन चल्ने नै भयो । हामी मात्र हैन स्वदेशी, विदेशी सबैजना वरपरका हिमालहरुलाई र हिमालसागै आफैंलाई क्यामरामा कैद गर्न व्यस्त थिए । सायद सबैमा यो दृश्य र यो थलो केही क्षण वा घण्टाका लागि मात्र हो भन्ने भाव हाबी थियो । मन परेको मान्छे होस् वा ठाउा, बेग्लिनुपर्दा झन् माया लाग्ने ।
‘ओइ लड्लास्’ भन्दाभन्दै साथी आफैं चिप्लियो हिउामा । एकचोटि टेकिसकेको हिउामा अर्को पटक टेक्दा झनै चिप्लिने भएकाले फर्किंदा स्केटिङ खेलेको अनुभूति भइरहृयो । खुट्टाको ब्रेक फेल भएजसरी हुत्तिइरहृयौं । उक्लिादा दुई घण्टामा बढी लागेको ठाउाबाट झर्दा डेढ घण्टा पनि लागेन ।
उकालीमा पछि पछि, ओरालीमा अघि अघि‘हिँड्दा हिाड्दै सम्झना फिल्मको गीत याद आयो । आफ्नो ताल भने के उकाली के ओराली जतिबेलै पछि । छिटो हिाड्न सक्थो होला, तर खुट्टा दुखेर गाह्रो भएको भाइको साथ छोड्न मन लागेन । त्यसैले देउराली पुग्दा अरुभन्दा आधा घण्टा ढिलो भएछु । साथीहरुको शरीर पुनः ऊर्जावान् बनिसकेको थियो । आफू भने एकैछिनमा फेरि हिड्न तयार हुनुपर्यो । ओरालो यात्रामा समय कम लाग्ने भएकाले हाम्रो उद्देश्य सकेसम्म तल झर्ने थियो ।
४१३० मीटरको उचाइ पुगेर फर्केको जोशले होला, हामी हिाड्यौं कम दौड्यौं ज्यादा । करिब अढाइ बजेदेखि सातबजेसम्म हिाड्यौं, टर्च बालीबाली । ब्याम्बू पुगेर औंला भााच्दा पो याद आयो, ठीक बाह्र घण्टा हिाडिएछ । भोजनभन्दा भोक मीठो हुन्थ्यो सधैं । तर थकाइका बावजुद निद्रा मीठो भएन । खासगरी मेरो र दर्शन भाइको । हिउा खेल्न जाने रहर त गरियो, तर चश्मा बोकिएको थिएन । रातभर आाखाबाट आासु बगिरहृयो । आाखा चिम्म गर्नै नहुने । बन्द गर्यो कि पोल्ने । आधा रातमा उठेर आाखामा पानी हाल्दा पनि खासै फाइदा भएन । आाखै बिग्रने हो कि भन्ने डरसमेत लाग्यो । बिहान उठेर हेर्दा थाहा भयो, सेतो हिउालाई नाङ्गो आाखाले हेर्दा त्यसको असर कतिसम्म रातो हुन्छ भनेर ।
सातौं दिन (असोज ३१)
आजै जसरी पनि पोखरा पुग्ने सहमति भएपछि अन्तिम दिनको हिँडाइ पनि लामै हुने भयो । बिहान सातै नबजी खाजा खाएर हुइँकियौं हामी । साथीहरु फ्रेस देखिन्थे । मन हलुको भएको थियो । तर मेरो आँखाको हाल उस्तै थियो । बरु, दर्शन भाइको आँखा पोल्न कम भइसकेको थियो । छुम्रुङ नपुगी औषधि पाउने छाँट थिएन । धन्न शीतलमै हिँडेका थियौं । छुम्रुङ पुगेपछि औषधि पाइयो । धेरै राहत भयो । आँखा पखाल्दै, औषधि हाल्दै हिँडे ।
घाम नहुँदा हिड्नु र घाममा हिँड्नुमा धेरै फरक हुन्छ । घाममा चाँडै थाकिने । भारी बढ्दै गएको भान हुने । पसिना पुछ्दाको सास्तीले तनाव दिने । अन्तिम दिनको हिँडाइ भएर पनि होला, छुम्रुङ पछिको यात्रा बोझिलो पो लाग्न थाल्यो ! उक्लिँदाको उत्साह र कुतूहल झर्दा पनि कायम नहुने रहेछ । तर हामी जाँदाको भन्दा फरक रुटबाट फर्केकाले बासी मनलाई नयाँ नयाँ दृश्यहरुले भुलाइरह्यो । तर हामीजाँदा होस् वा आउँदा खोलाको किनार हामी सँगसँगै हिँडिरह्यो ।
झिनु डाँडा ‘हट स्प्रिङ’ हेर्न आउनेहरुको चापले भरिभराउ थियो । तर झरनासम्म पुग्न थप हिँड्नु पर्ने भएकाले हामी त्यता लागेनौं । सिउनी बजार पुग्दा ३ बज्यो । गाडी देख्दा पनि धेरैपछि प्रेमीलाई देखेसरहको आनन्द आयो । उफ्, अब हिँड्नु पर्दैन भनेर हाइसन्चो भयो । ट्याक्सी रिजर्भ गर्यौं, चार हजारमा पोखरा । गोडाहरुले गाडीलाई धन्यवाद दिए । अन्ततः झमक्क हुनुअघि नै पोखरा लेकसाइड पुग्यौं । लज पुगेर नुहाइधुवाइ गरियो । यात्राभरको पसिना, फोहोर र थकान पखालियो । मन चंगा भयो । भोलि बिहानका लागि टिकट बुक गरियो । हामीले जहाँ बसेर मिसन एबीसीका नाममा चिअर्स गरेका थियौं, त्यही ठाउँमा पुगेर पुनः चिअर्स गर्यौं । एक हप्ते यात्राको रमरमे समीक्षा शुरु भयो । अमेरिकाबाटै एबीसीलाई लक्ष्य बनाएका अमित र निराजनको हामीभन्दा बढी खुशी देखिन्थे । भन्दै थिए ‘माथि नपुगी फर्किनु परेको भए युएसमा केटाहर्को अगाडि हेन्सी डाउन हुन्थ्यो यार !’ लजमा पुगेर अन्तिम कलब्रेक खेलियो ।
सबै जना आरामले सुतेजस्तो लाग्यो । मेरो मन भने उतै थियो । ओछ्यानमा पल्टेर सुन्दर प्रकृतिका दृश्यसँगै त्यहाँको जनजीवनका आयामबारे सोच्न थालेँ । एकहप्ते पदयात्राका क्रममा त्यहाँको भौगोलिक विकटता र जटिल जीवनसँग धेरथोर परिचित भएँ जस्तो लाग्यो । जाडो छल्न हम्मे हम्मे पर्ने कपडामा भारी ओसार्दै साघुँरो बाटोबाट गुज्रेका भरिया दाइभाइका अनुहारहरु याद आयो । विदेशीहरु हाइ हेल्लो भन्दै हाँस्थे । भरियाका मुस्कानलाई भने भारीले थिचेको हुन्थ्यो । प्रायः होटलमा खानासँग दिइने तरकारीको मात्रा कम हुन्थ्यो । त्यहाँको उत्पादन क्षमतै कम रहेछ । चिया किन महँगो तर चुरोट किन सस्तो भयो ? कारण कसैलाई सोध्नु जरुरी रहेन । सिलिण्डर र खानेकुरा बोकेका खच्चरहरु, भरिया दाइभाइले बोक्ने भारीमा भएका सामानहरु देखेरै धेरै कुरा जान्न सकिन्थ्यो, जानियो । यस्तैमा मनले सोध्थ्यो ‘ओइ...तँ सधैंका लागि यहीँको बासिन्दा भइस् भने, यो सुन्दरता कति घण्टासम्म राम्रो लाग्ला हँ ?’ केही दिन भए पनि सबै कुरा भुल्न हिँडेको म, आफैंलाई चित्त बुझाउन भन्थेँ ‘जिन्दगी आखिर काठमाडौंमै पनि कहाँ सजिलो छ र ?
फर्किंदा लान्द्रुक वा घान्द्रुकमा आराम गर्ने योजना थाँती राख्दै यात्रा हतारमै छोट्याइयो । कारण बन्यो, थोराङ ला पासको दुःखद दुर्घटना जसमा धेरै हताहत र बेपत्ता भएका थिए । हामी गएको बाटो फरक भए पनि घरका सदस्यहरु र साथीहरुका लागि यो समाचार चिन्ताको विषय बनिसकेको थियो । यसबारेमा धेरै थाहा नभए पनि अनुमान गरिसकेका थियौं कि हामी छिटो नफर्किएसम्म प्रियजनका चिन्ता दुर हुनेवाला छैन । पोखरा नजिक पुग्दा नपुग्दै हाम्रा मोबाइलमा तारन्तार घण्टी बज्न थालिसकेका थिए ।
‘कहाँ छौ, के कसो छ ?’ भन्दै पहिलो कल आयो चौतरिया देवेन्द्रजीको । दोस्रो कलमा त साथी विमलले मजाले थर्कायो । "मूला, यस्तरी नि हराउने ? तँ जिउँदै छस् भन्ने प्रमाण छिटो पेस गर्, फेसबुके संसारमा’ ।" तेस्रो कलमा सगुना दिदी बोलिन् "भाइ तपाईंको स्वर सुन्न पाउँछु भनेर आशा मरिसकेको थियो ।"’ अर्को चौतरिया रमेशले जिस्कायो "धन्न फोन उठाइस्, पत्रिकामा तेरो समवेदना आउनै लागेको थियो ।" केही साथीले त जिउँदो शहीदसमेत भने ।
शनिबार हिँडेका हामी आठौं दिन शनिबारै काठमाडौं आइपुग्यौं । धुलो, धुवाँ र भीडले भनिरहेजस्तो लाग्यो , ‘कंग्रयाट्स टिम एबीसी, वेलकम ब्याक !’