Sunday, October 20, 2013

पुस्तक समीक्षा : फूलको आँखामा





प्रभाकर गौतम

पुस्तक : फूलको आँखामा
लेखक – आनी छोइङ डोल्मा
प्रकाशक : नेपालय
सन् २०११
रु. ३००
     
‘फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार...’
मोमेन्ट्स अफ ब्लिस एल्बममा रहेको यही गीतले आनी छोइङ डोल्मालाई नेपाली संगीत जगतमा स्थापित गराएको हो । यो क्यासेट २०६० मा सार्वजनिक भएको थियो । तर उनको सांगीतिक जीवन यो गीतभन्दा धेरै पुरानो छ । काठमाडौँ, शिवपुरीस्थित नागी गुम्बाभित्र एक दशकभन्दा बढी समय मन्त्र पाठको अगुवाइ गर्ने भूमिकाले उनको गायकीको जग हालेको हो । उनको गायन आध्यात्मिक वा धार्मिक कर्मका रुपमा विकसित भएकोले लामो समयसम्म उनले मन्त्रमात्र गाइन्, त्यो पनि तिब्बती भाषामा । यसअघि निस्किएका उनका तीन ओटा एल्बमहरु क्रमशः च्छो, डान्सिक डकिनी र सेल्वा विदेशमा मात्र बेचिएका थिए । तर 'फूलको आँखामा' गीतको लोकप्रियतापछि भने उनी नेपाली संगीतको कडीमा गहिरैसँग जोडिन पुगिन् । त्यही गीतको बोलले उनको आत्मकथाको शीर्षकसमेत जुराइयो फूलको आँखामा ।

फूलको आँखामा प्रारम्भ र उपसंहारबाहेक १९ ओटा अध्यायहरुमा विभाजित छ । उनको जीवनको करिब चार दशक लामो अवधिलाई समेटिएको यो आत्मकथामा उनको पारिवारिक तथा व्यक्तिगत पृष्ठभूमि, गुम्बाभित्रको जीवन, संगीत र समाजसेवाजस्ता विषयहरु मुखरित भएका छन् । यद्यपि पुस्तकमा यी सबै विषयहरु सिलसिलाबद्ध नभइ छ्यास्मिस रुपमा आएका छन् ।

चीनको राजनीतिक हस्तक्षेपका कारण भारत हुँदै नेपालमा तिब्बती शरणार्थीका रुपमा भित्रिएको एउटा समान्य परिवारमा उनको जन्म भएको थियो । सन् १९७१ मा काठमाडौँको बौद्धमा । उनको खास नामचाहिँ छेक्विद डोल्मा हो तर उनलाई सबैले भूमो भनेर चिन्थे । अहिले शान्त, शालीन र हँसिलो व्यक्तित्वकी धनी आनी कुनै बेला साथीहरुमाझ एक्सन किङ्ग ब्रुस लीकी बहिनीका रुपमा समेत चिनिन्थिन् । ताल परे ब्रुस लीकै स्टाइलमा साथीहरुलाई चुट्थिन पनि । तर तिनको ब्रुस ली स्टाइल साथीभाइहरुमाझ मात्र काम लाग्थ्यो । घरभित्र उनको नियति अर्कै थियो । गल्ति गरे पनि, नगरे पनि दिनहुजसो बाबुले भकुर्थे उनलाई । घरायसी कामको चापाचाप थियो । स–साना बालके गल्तिको ठूलो सजाय भोग्नु पथ्र्यो । बाबुको यस्तो हिंस्रक व्यवहारले भूमोमा बाबुप्रति भय र घृणा उब्जाइदिन्छ । आपूmसँगै आमालाई पनि निर्मम ढंगले चुटेको देखे–भोगेपछि उनी पुरुषसँग वैवाहिक जीवनमा बाँधिएर घरेलु दास नहुने अठोट लिन्छिन् । उनको मनमा पुरुषप्रति, वैवाहिक सम्बन्धप्रति र खासगरी महिलामाथि हुने सामाजिक विभेदहरुप्रति आक्रोश जाग्छ । त्यहीबाट उनको जीवनको नयाँ अध्याय शुरु हुन्छ– बुद्धमार्गी आनीका रुपमा ।

तेह्र वर्षको उमेरमा नागीगुम्बा प्रवेश गर्दा उनको एउटै ध्येय थियो – बाबुको क्रुर चुटाइबाट उन्मुक्ति । बाबुको यातना सहन नसकेर आमाकै सल्लाहमा वैकल्पिक उपायको खोजीमा धर्मको शरण लिन पुगेकी उनी गुरु टुल्कु उर्गेन रिम्पोछेको स्नेही छायाँमा हुर्किन्छिन् । गुम्बामा, घरमा बाबुले दिन नसकेको माया अनुभूत गर्छिन् । घरेलु कामको चापमा हराएको उनको बाल्यकाल समेत फिर्ता पाउँछिन् । गुम्बाभित्रै नाच्दै–गाउँदै उफ्रिन थाल्छिन् । गुम्बाको परिवेशमा शिक्षा र ज्ञान प्राप्त गर्छिन् । सबैभन्दा ठूलो कुरा गुरुको माया र संगत पाउँछिन् । गुरुको सान्निध्यले कुनैबेला रीस, राग र आवेगले भरिएकी भूमोलाई कालान्तरमा शान्त र उदार बनाउँछ । त्यसैले त उनी बाल्यकालमा आपूmलाई चरम पीडा दिने बाबुलाई सहजै क्षमामात्र गर्दिनन्, उनको अन्तिम समयको सहारा समेत बन्छिन् । यो पुस्तक स्नेह र संस्कारले व्यक्तिको जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा कसरी रुपान्तरण हुनसक्छ भन्ने सन्दर्भको प्रेरणादायी कथा हो । हिजो अभाव र विभेदमा हुर्केकी भूमो आज ख्याती प्राप्त गायक र समाजसेवी व्यक्तिको रुपमा स्थापित छिन् । त्योभन्दा पनि बढी उनी बोद्धिस्वत्वको खोजीमा लाग्नेहरुको लागि प्रेरणायी व्यक्तित्व हुन् । आफूलाई र अरुलाई पनि रुपान्तरण गर्ने उनको यात्रा अद्यापि जारी छ ।

आफ्नो मार्गदर्शक गुरु रिम्पोचेको मृत्युपश्चात् आनीले जीवनलाई नयाँ मोड दिन्छिन् । नागीगुम्बा छोडेर समाजसेवा अभियानमा लाग्छिन् । यसकामको लागि रकम जुटाउन संगीतलाई र धार्मिक सम्बधलाई भरमग्दुर प्रयोग गर्छिन् । एकै वर्षमा युरोप र अमेरिकामा पचास ओटाभन्दा बढी कन्सर्ट भ्याउनुले पनि उनको कडा परिश्रमको पुष्टि गर्छ  । उनको समाजसेवा मुख्यतः शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतासँग गाँसिएको छ । महिलाको जीवनस्तर उकास्नमा यी क्षेत्रहरुमा प्रशस्त काम गर्नुपर्ने बोध छ उनमा । हाल आनी विभिन्न संस्थासँग आबद्ध छिन् । उनी सन् १९९८ मा स्थापितनन्स वेलफेयर फाउन्डेसनकी संस्थापक हुन् । उनको सांगीतिक कार्यक्रमहरुको व्यवस्थापनको काम यसै संस्थाबाट हुँदै आएको छ । सांगीतिक कार्यक्रमहरुबाट उठ्ने रकम पनि नन्स वेलफेयर फाउन्डेसनमै जम्मा हुन्छ । यो फाउन्डेसनअन्तर्गत सञ्चालन भैरहेकोआर्यतारा स्कूल आनीको सबैभन्दा सफल परियोजना हो । उनको बुझाइमा सामाजिक संरचनात्मक विभेद बाहिरमात्र नभइ गुम्बाभित्र पनि छ । ‘नागीगुम्बामै पनि नब्बे प्रतिशत आनीहरु न पढ्न सक्थे न त लेख्न नै’ (पृ.१६४) । महिलाहरुको भूमिका ‘गुरुको सेवा र गुम्बाको सरसफाइमै’ सीमित थियो (पृ. १६४–१६५) । भोगाइ र अवलोकनका आधारमा महिलाको पछौटेपनका जटिलतालाई बुझेकैले उनको स्कूलमा नेपाल, भारत र तिब्बतका विपन्नबालिकाहरुलाई अध्ययनको राम्रो वातावरण तयार पार्न लागीपरेकी छिन् । उनी तिनमा ‘आप्mनै प्रतिच्छाया’ देख्छिन् । उनको स्कूलमा बुद्ध मूल्यमान्यताअनुसारको शिक्षा र आधुनिक शिक्षाको संयोजन गरिएको छ ।

नेपालमा प्रत्येक वर्ष करिब पच्चीस सयदेखि तीनहजार व्यक्ति किड्नीसम्बन्धी समस्याको शिकार हुन्छन् । बिरामीहरुका लागि नेपालमा उपचार गर्ने राम्रो र पूर्ण व्यवस्थाको अभाव भएकोले भारतलगायत अन्य देशमा जानुपर्ने बाध्यता छ । यो प्रक्रिया निकै खर्चिलो छ । यी सबै कुरालाई आनीले आफ्नी आमा यही समस्याबाट पीडित भएपछि भोग्छिन् । आमाको एउटा मृगौला खराब भएपछि आमालाई थाहै नदिइ आफ्नो मृगौला प्रत्यारोपण गर्ने उनको प्रयास पनि सफल हुँदैन । अन्ततः उनले आमालाई गुमाउँछिन् । तथापि आमाको मृत्यु कमजोरी नभइ उर्जाको स्रोत बनाउन आनी सफल हुन्छिन् र उनको प्रण हुन्छ नेपालमै सुविधा सम्पन्न किड्नीसम्बन्धी अस्पताल खोल्ने । हाल डा. पुकार श्रेष्ठसँग मिलेर उनले यो काम अगाडि बढाइरहेकी छिन् । ‘यो पुस्तक लेख्नुको मेरो अर्को उद्देश्य त्यसै अस्पतालका निम्ति सहयोग रकम जुटाउनु पनि हो (पृ. २६४)’ भन्दै उनीआत्मकथा लेखनको एउटा महत्वपूर्ण औचित्य खुलाउँछिन् । ‘फ्रान्सेली प्रकाशकले किताबका लागि अनुबन्ध गर्दा प्रदान गरेको ४० हजार युरो पनि उनले त्यसै प्रयोजनमा खर्च गरिसकेकी छन् ।’

पुस्तकभरी आनीको व्यक्तित्व समय र परिस्थितिसँगै परिस्कृत हुँदै गएको पाइन्छ । धर्म, संगीत, समाजसेवा सबै कुरामा उनको व्यावहारिक पक्ष उजागर हुन्छ । उनी आनी हुन् तर हिन्दी सिनेमा हेरेर हाँस्छिन्–रुन्छिन् । निजीकार चढ्न, जुत्ताहरु फेरी–फेरी लगाउन मन पराउँछिन् । बुद्ध धर्मका मन्त्रहरु गाउँछिन् तर गाउनुको उद्देश्य धर्मको प्रचार–प्रसारसँगै पैसा कमाउनु पनि हो भनेर खुलरै भन्छिन् । आध्यात्मिक कुराभन्दा घर–परिवार, आमा–बुबा र मान्छेका सामाजिक कुरा बढी गर्छिन् । शिष्ट र ज्ञानीमात्र नदेखाइ आप्mनो हठी र रिसाहा स्वाभावलाई पनि नढाँटी प्रस्तुत गर्छिन् । मानवीय कमजोरीहरुलाई नलुकाइ भन्ने यही निश्छलताले उनको आत्मकथालाई विश्वसनीय बनाएको छ । उनले बौद्ध भिक्षुणीसम्बन्धी आमधारणालाई परिवर्तन गर्न संघर्ष गरेकी छिन् । धर्म र संगीतदुबैलाई व्यावहारोपयोगी प्रयोजनमा ल्याउन सफल भएकी छन् । उनी असामान्य कुरा गरेर भन्दा सामान्यजस्ता लाग्ने सामूहिक हितका काममा विश्वास गर्छिन् । यही नै आनीको जीनको सुन्दरतम् पक्ष हो भन्न सकिन्छ । पुस्तकमा धर्मबारे आध्यात्मिक पक्षहरुको चर्चा कम भएपनि धर्मको व्यावहारिक पक्षचाहिँ प्रशस्तै पाइन्छ, आनीकै कर्महरुमा ।

निःसन्देह आनीको जीवन प्रेरणादायी र उदाहरणीय छ । तर पुस्तकको ओज त्यसको संरचना र शैलीले राख्ने हो । यस दृष्टिकोणबाट मूल्यांकन गर्दा पुस्तक सामान्य स्तरको मात्र छ । घटनाहरु सिलसिलाबद्ध छैनन् । एउटा शीर्षकमा राखेर भन्नुपर्ने कुराहरु छरपष्ट भएकाले उनका कतिपय कुराहरु व्यवस्थित रुपमा बुभ्mन पुस्तकले खासै सघाउँदैन । जस्तैः धेरैले उनलाई गायकको रुपमा चिन्ने भएकोले गुम्बा प्रवेश गर्नु अघि संगीतप्रति उनको रुची कस्तो थियो भन्ने सामान्य कुरा पनि पाठकलाई प्रष्ट हुँदैन । उनका सांगीतिक भ्रमणहरु कुन अघि, कुन पछि भन्ने कुरामा अलमल हुन्छ । भाषा सरल भएकोले पढ्न सजिलो बनाए पनि पुस्तक लेखनमा संस्मरणात्मक भन्दा आख्यानात्मक विधि अवलम्बन गरिएको छ । कथात्मक तथा औपन्यासिक पुट दिने प्रयत्नले कतिपय ठाउँमा प्रस्तुति घुमाउरो र औपचारिक खालको छ ।

यो पुस्तक फ्रान्सेली लेखक लरेन्स द्रबिलसँगको सहकार्यमा पहिलो पटक सन् २००८ माप्रकाशित भएको थियो । हालफूलको आँखामा नेपालीसहित १२ भाषामा प्रकाशित भइसकेको छ । सन् २०११ मा प्रकाशित नेपाली संस्करणको प्रकाशक नेपालय हो । यसको नेपाली संस्करण गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको हो । सहलेखनले होला घरीघरी, आनीभन्दा सहलेखक बढी हावी भएको भान हुन्छ । सम्भवतः यही कारणले पुस्तकले मौलिकता गुमाएको हो कि !

सन्दर्भ सामग्री
१. नागरिक । २०६८ असोज १५ । आनीको आत्मकथा आयो । पृ. १२ ।
२. http://www.choying.com/

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको जर्नल (रङ्ग राग, पूर्णाङ्क १, २०६९) मा प्रकाशित 

Wednesday, October 2, 2013

(अ)कविता

                                -प्रभाकर गौतम
    उफ् !
यस्तो कहाँ थियो र ?
थिएन
साँच्चै थिएन
हाम्रो सपनाको ‘भोलि’ !

Thursday, July 4, 2013

बागीना पत्रिकाको संक्षिप्त इतिहास


                  -प्रभाकर गौतम
नेपालमा सङ्गीतसम्बन्धी म्यागेजिन निकाल्ने प्रयासहरु बेलाबेला भए पनि यस्ता पत्रिकाहरु धेरै छैनन् धेरैजसो विभिन्न कारणले छोटो समयमै बन्द हुँदै आएका छन् लामो समय नचले पनि तीमध्ये 'बागीना' पत्रिकाको विशेष स्थान बागीनाको प्रकाशन २०३० साल कात्तिकदेखि त्रैमासिक पत्रिकाको रुपमा भएको थियो करिब वर्षको दौरानमा जम्मा २२ अंक निस्किएर बन्द भएकोले यो म्यागेजिन छोटो आयुकै सूचीमा पर्छ पहिलो अंकअनुसार यसको सम्पादक नारायण गोपाल थिए भने प्रकाशक नगेन्द्र थापा व्यवस्थापक गोपाल योञ्जन थिए पत्रिकाको तेस्रो अंकसम्म आइपुग्दा नारायण गोपाल सम्पादक तथा प्रकाशक भएका छन् भने गोपाल योन्जन नगेन्द्र थापा व्यवस्थापक बनेका छन् पत्रिकामा नारायणगोपालको कार्यभार अरुको तुलनामा बढी रहेको अनुमान गर्न सकिन्छ पछिल्ला अंकहरुमा उनी सम्पादक, प्रकाशक व्यवस्थापक समेतको भूमिका देखिएका छन्  
                                                                                      बागीना मुख्यतः २०३० देखि २०३५ सम्म नियमित निस्किएको देखिन्छ यस अवधिमा जम्मा २२ अंकसम्म निस्कियो २०३२ सालभरि बागीना निस्केन २०३३ बैशाखमा पूर्णाङ्क देखि ११ सम्मको संयुक्ताङ्क निस्कियो यो २०३५ साल अर्थात् पूर्णाङ्क २१२२ सम्म यही अवस्थाबाट गुज्रियो शुरुका वर्षमा राम्रो हिसाबले चलेको बागीना केही समयपछि कमल दीक्षितको शब्दमा अन्य नेपाली पत्रपत्रिका झैंसाविक रोगकै शिकार भयो साविक रोग अर्थात् पाठकको कमी, ग्राहकको कमी, विज्ञापनको अभाव बागीना बन्द हुने कारणबारे सङ्गीतसम्बन्धी पत्रिका 'आहा ! संगीत'को  वर्ष अंक को सम्पादकीयमा भनिएको ‘'...विज्ञापनदाता चुस्त व्यवस्थापनको अभावमा पत्रिका बन्द हुन पुगेको तीतो यथार्थ हामीसँग ’' ०४६ पछि भने यसको विशेषाङ्क निस्कियो जसलाई नारायणगोपालको मृत्यु भइसकेपछि नारायणगोपाल संगीत कोषले २०४९ मा निकालेको थियो बागीना : नारायणगोपाल स्मृति अङ्कको पृष्ठ मा बागीना पुनः प्रकाशन गर्ने भनिएको थियो तर फेरि निस्कन सकेन । यो अङ्कलाई वर्ष अङ्क २४ भनिएकोले समग्रमा बागीनाका २४ अङ्कहरु प्रकाशित भएको अनुमान गर्न सकिन्छ  
यद्यपि, छोटो समय मात्र बढी सक्रिय निरन्तर देखिएको यस पत्रिकाका सामग्रीहरु स्तरीय थिए यसको प्रकाशनको महत्व किन पनि भने यो सङ्गीत तथा कला क्षेत्रमा दिग्गज मानिएका नारायणगोपाल, गोपाल योन्जन नगेन्द्र थापाको संलग्नतामा निस्किएको बाजा, गीत नाच अर्थात् नेपाली कला क्षेत्रमा केन्द्रित भइ प्रकाशन गरिएको म्यागेजिन हो नारायणगोपाल, गोपाल योञ्जन नगेन्द्र थापाको सहकार्यमा निस्किएको यो पत्रिका उनीहरुको मित्रता आप्mनो कर्मक्षेत्रप्रति प्रतिबद्धताको उपज थियो बाजा, गीत नाच शब्दको प्रारम्भिक अक्षरका आधारमा पत्रिकाको नामाकरण गरिएको थियो बागीना नारायणगोपाल लगायत गोपाल योञ्जन नगेन्द्र थापा सङ्गीत क्षेत्रको विकासका लागि यसलाई साहित्यसँग जोड्नु पर्छ मान्यता राख्दथे यही प्रयासको एउटा कडी थियो बागीना  
 नेपाली बाजा, गीत नाचका क्षेत्रमा के कस्ता अर्घेलाहरु छन्, अभावहरु छन् के कस्ता वाधा विकृतिहरु छन् अनि के कस्ता सम्भावना पहिलाउनकुन बाटो अपनाउन, कस्तो लक्ष्य उद्देश्य राख्न; हामी कसरी आपसमा विचारको आदानप्रदान गर्न सक्छौं, सामूहिक प्रयासको दिशा निश्चित गर्न सक्छौं भन्ने उद्देश्य प्रेरणाले नैबागीनाको जन्म भएको हो बागीनारंगमंच होनेपाली ललित कलाको  ‘बागीनाआह्वान हो सामूहिक उत्तरदायित्वको... 

पत्रिका प्रकाशनको उद्देश्यबारे बागीनाको पहिलो अंकको सम्पादकीयमा उल्लेख यी कुराहरुले पत्रिकाको उद्देश्यबारे अनुमान गर्न सघाउँछ नामअनुसार नै यसमा बाजा, नृत्य सङ्गीतसम्बन्धी सामग्रीहरु समावेश भएका छन् पत्रिकाका विभिन्न अंकहरु हेर्दा यसभित्र, माथि उल्लेखित विधाहरुमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न कलाकार, समीक्षक, स्रष्टा, बुद्धिजीवी आदिका विचार, टिप्पणी अन्तर्वार्ताहरु समावेश पाइन्छ स्वदेशको कला संस्कृतिसम्बन्धी सामग्री मात्र नभइ विदेशी कलाकारसम्बन्धी पनि यसमा प्रशस्त सामग्रीहरु नियमित रुपमै राखिन्थ्यो पाठक प्रतिक्रिया, सम्पादकीय, शुद्धीपत्र, डायरीबागीनको स्तम्भमा संक्षिप्त समाचार, नियमित रुपमा विदेशी सामग्रीको अनुवाद, विशेषाङ्कहरुको प्रकाशन लगायतका नियमित तथा अनियमित सामग्रीहरु प्रकाशित छन् सानो आकारकै भएपनि यसमा लेख रचनाहरुको बाहुल्यता पत्रिकामा नेपाली कला तथा संस्कृतिलाई फराकिलो दायरामा हेरिएको यसमा दार्जिलिङका श्रष्टाका सामग्रीहरु पनि रहेका छन्  
दार्जिलिङ काठमाडौँका श्रष्टाहरुको संलग्नता, दार्जिलिङ, विराटनगर, जनकपुर, हेटौडा, असाम जस्ता ठाउँहरुमा प्रतिनिधि सम्पादकहरुको व्यवस्था, विज्ञापन, बागीना पुरस्कारको समेत स्थापना (पहिलो पटक सोफिया गुरुङले रु. १०० पाएको) आदि यस पत्रिकाका विशेषताहरु हुन म्यागेजिन बन्द भएको थुप्रै वर्ष पछिसम्म बागीना पुरस्कार वितरण गरिएको थियो  
बागीना पत्रिका प्रकाशनको उद्देश्य आर्थिक आर्जन गर्नु वा सस्तो लोकप्रियता कमाउनु नरहेकोले यसमा प्रकाशित थुप्रै सामग्रीहरु अझै पठनीय र संग्रहणीय छन् संगीतको मर्म बुझेका गायक, संगीतकार तथा गीतकारको नेतृत्वले गर्दा पनि  यसभित्रका अन्तरवस्तु अद्यापि पठनीय संग्रहणीय छन्
यसका अंकहरु पढ्दा लाग्छ, अर्को बागीना फेरि कस्ले निकाल्ला